नेपाली राजदुतावास बहराइनमा अन्तरक्रिया कार्यक्रम

युबराज के सि 
 नेपाली राजदुतावास बहराइनद्रारा गत आर्थिक बर्स २०७२/७३ मा भएका गतिविधि को विवरण बहराइन कार्यरत विभिन्न सङ सस्था संगठन का प्रतिनिधिहरुको उपस्थितिमा नेपाली एम्बेस्सी कार्यवाहक राजदूत खगराज पन्डेको सभापतित्वमा  अन्तरक्रिया कार्यक्रम राखी  सार्वजनिक भएको थियो।
सो अन्तरक्रिया कार्यक्रम नेपाली एम्बेस्सी कर्मचारी गोपि बिक्रम भट्टराई .ले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य सहचार्य अमृत लोप्चन दिनु भएको थियो जगदीश चन्द्र सिबाकोटि ज्युले आर्थिक बर्सको विवरण सार्वजनिक गरि उपस्थिति प्रतिनिधिहरुलाइ बहराइन मा हुँदै आएका  केही समस्याहरु राख्ने अवसर दिनु भएको थियो भने उपस्थिति प्रतिनिधिहरुले सो नेपालीहरुले भोग्दै आएका समस्याहरु राजदुतावास लाई सहल्ट गरिदिन अनुरोध गर्दै उपस्थित प्रतिनिधिले केही समस्या हरु राख्नु भएको थियो।सो अन्तरक्रिया क्रममा बहराइन स्थापित सङ सस्था संगठनका प्राय जसो प्रतिनिधिको उपस्थिति थियो।नेपाली राजदुतावास बहराइनद्रारा गत आर्थिक बर्ष  २०७२/७३ मा भएको गतिविधि को विवरण यश प्रकार छ। नेपाली एम्बेस्सी बहराइन ले गर्दै आएका मुख्य मुख्य कार्यहरु यश प्रकार छ्न।
१ यश अबधिमा सस्था गत २४१ र ब्याक्तिगत २५३ माघ पत्र बाट  कुल ६६६४ जना कामदार माग गरेका थिए जसम professional मा २ जना skilled मा २३२६ जना semi-skilled मा २६५५ जना र un-skilled १६८१ भने थिए भने यश मध्धेमा महिला १२२४ थिए भने पुरुष को सख्या ५४४० रहेको नेपाली एम्बेस्सी बाट जानकारी प्राप्त भएको थियो
२ यश बर्स अबधि भित्र दुर्घटना भैइ लामो समय देखि उपचार गर्दै आएका मध्ये २ जना स्वदेश फर्किएका र एक जना थप उपचार क्रममा रहेको जस मध्ये नेपाल फर्किनेको नाम प्रकाश् राई,दिल प्रसाद राई,हो भने उपचार गर्दै आएकाको नाम तिलक राई भएको जानकारी प्राप्त भएको छ। 
३)गैरकानुनी रूपमा बहराइन मा बसेका नेपाली २०७३ साल अबधि भित्र ट्राभल डकुमेन्टबाट जम्मा १८४ जना स्वदेश फ्रकिएको जानकारी प्राप्त भएको थियो। 
४)हाल बहराइन जेलमा गम्भीर अपराध मा ३ जना नेपाली हरु रहेका छ्न भने अन्य अपराध जस्तै चोरी,मन्दिरा बिक्री वितरण,हात पातमा २ जना रहेका छ्न भने १९९ जना नेपाली हरु चोरी,मन्दिरा वितरण,तथा मादक पदार्थ सेवान गरि उजुरी चलाएको झै झगडा गरेको ट्राफिक नियम पालना नगरेको कारण हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो।
 ५) कार्यरत तथा सवारी दुर्घटनामा जीवन गुमाएका नेपालीहरुको बिमा लगायत क्ष्रेतिपुर्तीको लागि संबंधित कम्पनी तथा बिमा कम्पनीमा पल गरेको २०७२ तथा ७३ मा ५ जना मृतक मध्धेमा सुरेन्द्र प्रसाद कोहार लाई ६२५५ बि डि चित्र प्रसाद सुनुवार लाई २२९९३ बि डि बिजय कुमार साह लाई २६६९७ बि डि बिन्देशर मोयि लाई १४९९० बि डि भोज बहादुर थापालाइ १७९९० बि डि र दुई जना घाइते लाई प्रकाश राइलाइ १६,००० बि डि दिल प्रसाद राइलाइ ९८४ बि डि गरि जम्मा बहराइन डिनर १,०५ ९०९ बि डि जसको नेपाली रकम २,९९,७२,२७४०० करिब तीन करोड निज तथा निजको परिवार लाई पठाइएका राजदुत बाट जानकारी प्राप्त भएको थियो।
६) त्यसै गरि गत साल अबधि भित्र १३९६ वटा mrp मेसिन रिडेबल  पासपोर्ट जारी भएको थियो भने १०२ वटा पर्यटन र १ वटा कुट्नितिक भिसा जारी गरिएको जानकारी प्राप्त भएको थियो।
७) गत साल अबधि भित्रमा मृत्यु हुनेको सख्या १२ पुगेको जानकारी प्राप्त भएको थियो।
भने अन्तमा सो अन्तरक्रिया कार्यक्रम समापन कार्यवाहक राजदुतावास खगराज पान्डे ज्युले अन्तरक्रिया कार्यक्रममा उपस्थिति प्रतिनिधिहरुले सोधपुछ गरेका विभिन्न प्रस्न को जवाफ दिदै बहराइनमा आइ पर्न हरेक  समस्याको समाधान आफुले गर्न बारे भनेर स्पष्ट बताइ अन्तरक्रिया कार्यक्रम  समापन भएको घोषणा गर्नु भएको थियो।