काठमाडौंबाट सिन्धुपाल्चोकको चौतारा जाँदै गरेको एक यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
बा २ ख ६३६३ नम्बरको बसले बा ७८ प २७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ पछाडि बसेकी ठूलोसिरुवारी-८ रानीटारकी २२ वर्षिया पुनम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बसका चालक फरार छन्। मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीको भनाई छ। बसले ठक्कर दिएपछि भुईमै लडेको मोटरसाइकलले युवतीलाई थिचेको प्रत्यक्षदर्शीले जानकारी दिए । सेतोपाटीमा समाचार छ ।