डिल्लीराज घिमिरे
एकिके, चिली, दक्षिण अमेरिका, मिती २०७३ मंसिर ०६ गते सोमवार । नेपाली समाज चिलीको केन्द्रिय कार्य समिति वैठक केन्द्रिय कार्यालय एकाकीमा सम्पन्न भएको छ । संस्थाको दोस्रो साधारण सभाको अन्तिम तयारीमा स्वरूप वसेको समिति वैठकमा विभिन्न विषयमाथी छलफल भएको छ । वैठकले संस्थाको दोस्रो साधारण सभा आगामी २६ फ़रवरी २०१७ मा एकाकी सहरमा गर्ने निर्णय गरेको छ ।
यस कार्य समितिको वैठकले साधारण सभाको तयारी लागी तीन उप समिति वनाएको छ । संस्थापक डिल्लीराज घिमिरेको संयोजकत्वमा निती तथा विधान संसोधन समिति,सचिव अमर पुन:को संयोजकत्वमा प्रचारप्रसार समिति,कोषादक्ष्य लुद्ध वुढाको संयोजकत्वमा आर्थिक समिति,केन्द्रिय सदस्य राजेन्द्र कोईरालाको संयोजकत्वमा साधारण सभा तयारी समिति वनाएको छ । यसरी गठित उप समितिले नोभेम्वर महिनाभरी प्रचार प्रसार,डिसेम्वर महिनाभरी नयाँ सदस्यता वितरण,जनवरी महिनाभरी भेटघाट र फ़रवरी महिनाको दोस्रो हप्ता सम्म प्रतिवेदन तैयार गर्ने गरी कार्य विभाजन गरेको छ ।

स्वतन्त्र पत्रकारको क्षेत्रमा निरन्तर कामगरी २०७२ सालमा गरेको भुकम्पको केन्द्र विन्दु वार्पाक पुगी जनतालाई सहयोग गर्दै आफु र नेपाली समाज चिली सस्थाको नाम उच्च वनाउने काम गरी पुन:चिली आएकोप्रती खुसी व्याक्त गर्दै नेपाली समाज चिलीका संस्थापक डिल्लीराज घिमिरेलाई खादा तथा अविरले स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै सस्थाका सह सचिव कमल पाण्डेले गोरखाको सौरपानी,वार्पाक र लाप्राकमा पुंगी गरेको साहसिक कामले संस्थाको उच्च प्रशंसा भएको वताउनु भयों । यस्तै सचिव अमर पुनले समाजसेवी डिल्लीराज घिमिरेको प्रशंसा गरेर कहिले नसकिने भन्दै सदैव सहकार्य गर्ने वताउनु भयों । मन्तव्यकै क्रममा कोषादक्ष्य लुद्धवुढा अध्यक्ष कृष्ण थापा लगायतले संस्थाको लागी आफ्नो ज्यानको प्रवाह नगरी यसरी साहसिक काम गरेकोमा धन्यवाद दिदै समाजसेवी भावना निरन्तर राख्नु भनी सुभ कामना दिनु भयों ।

केन्द्रिय कार्यालय एकिकेमा वसेको नेपाली समाजको कार्य समितिको वैठक सचिव अमर पुनको संचालन,संस्थापक डिल्लीराज घिमिरेको प्रमुख आथित्यता,सह सचिव कमल पाण्डेको स्वागत मन्तव्य अध्यक्ष कृष्ण थापाको अध्यक्षता र केन्द्रीय सदस्य राजेन्द्र कोईराला लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम