तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडट्कम) गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले र्इश्वी सम्वत २०१७ नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान एवं श्रमिक समस्या तथा समाधानमा केन्द्रित बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । जेद्धा स्थित महाबाणिज्य दूतावासका का.बा. महाबाणिज्य दूत, बाणिज्यदूत, श्रम सहचारी, एनआरएनएको आइसिसी, एनसिसी, आरसिसीका बिभिन्न पदाधिकारीहरू, नेपाली समुदाय जेद्धाका बिभिन्न संघ संस्थाकर्मी अगुवा समाजसेवीहरू तथा केही पीडित नेपालीहरूका बिच उक्त अन्तरकृया भएको हो । कार्यक्रममा बैदेशिक रोजगारको बर्तमान अवस्था, बिभिन्न थरीका समस्याहरू, केशहरू तथा समाधानका उपाय र प्रयासहरूको बारेमा केही लिखित प्रस्तुतीहरू, भिडियो रिपोर्टहरू, मन्तब्यहरू र प्रश्नोत्तरका रूपमा राखिएका थिए ।
अन्तरकृयाका सार संक्षेप
१. साउदी अरबमा भनेको काम तथा तलब नपार्इने, इकामा (आवासीय अनुमति पत्र/कार्ड) नै नबनार्इ दिएर अबैध राख्ने, बेलैमा छुट्टी तथा फिर्ता जान समेत नदिने, न्याय नपार्इने, उद्धार तथा क्षतिपूर्ति दिनुपर्ने म्यानपावर एजेन्सीले वास्तै नगर्ने जस्ता समस्या पहिला देखि नै थिए, हाल पेट्रोलियम पदार्थको मूल्य घट्दा र साउदी अरबको आफ्नै नीति फेरिएर आप्रबासी कामदारहरूलार्इ निरूत्साहित पार्ने नीति क्रमशः कडार्इका साथ लागू गरिदा समस्याहरू झनै बढेर पेचिला बनेका छन । अतः पठाउने एजेन्सी र सरकारी निकायले आ आफ्नो जिम्मेवारी बोध गर्दै, प्रभावित र पीडित नेपाली कामदारहरूलार्इ प्रयाप्त सेवा सुविधा दिलाउनुपर्ने खांचो बढेको छ ।
२. साउदी जस्तो बिशाल भु क्षेत्रमा छरिएका लाखौं नेपाली कामदारहरूलार्इ आवश्यक सेवा सुविधा प्रदान गर्न नियोगहरूसंग एनआरएनएले हातेमालो गर्दै आएकोमा यस्तो सेवालार्इ दीगो, सहज र बैध तुल्याउन संस्था दर्ताको टडकारो आवश्यक्ता छ । दोहामा सम्पन्न एनआरएनएको पांचौं मध्यपूर्ब बैठकको निर्णय बमोजिम हाल युएर्इमा दर्ताको लागि आवेदन दिइसकिएको र साउदी सरकारले पनि हालै गैर राजनैतिक, गैर धार्मिक, गैर नाफामुखी परोपकारी (च्यारिटी) संस्थाहरू दर्ता गर्न सकिने जनाएको र एनआरएनए बिधानतः नै ठ्याक्कै त्यस्तै प्रकृतिको संस्था रहेकाले पनि दर्ताको सम्भावना रहेकाले पहल अघि बढाउनुपर्दछ । नेपाल भन्दा ठूला र साउदीमा धेरै कामदारहरू पठाएका मुलुकहरू फिलिपिन्सको OFW, पाकिस्तानको OPF र भारतको NRI जस्ता एकल संस्थाहरूमै ती देशका सबै नागरिकहरू अटाएका र ती संस्थाहरूको बिशेष पहिचान र सरकारी मान्यता समेत रहेकोबाट नेपालीहरूले पनि सिक्दै साझा संस्थाको रूपमा स्थापित एनआरएनएले सबै नेपालीहरूलार्इ समेटेर सबैको हितमा काम गर्नुपर्ने आवश्यकता एकातिर छ भने मानव तस्करहरूले आफ्नो स्वार्थका लागि प्रबासमा एनआरएनए र नेपाली नियोगलार्इ समेत (दुर)उपयोग गरेको लेबननको ताजा घटनाक्रमबाट पाठ सिक्दै एनआरएनएले त्यस्ता (कु)तत्व र (कु)प्रबृत्तीबाट पनि आंफूलार्इ जोगाएर यसको कामदारमैत्री छबीको संरक्षण र सम्बर्द्धन गर्न पनि त्यत्तिकै जरूरी र महत्वपूर्ण छ ।
३.पीडित र अलपत्र कामदारहरूको उद्धार, सकुशल स्वदेश फिर्ती र क्षतिपूर्तिका लागि बर्षौं अघि लिबियामा गृहयुद्ध हुंदा त्यहां रहेका सैयौं कामदारहरूका लागि हिडिएको मार्ग पनि हाल अबरूद्ध रहेर म्यानपावरहरूले आंफूले पठाएका कामदारहरूको न्याय, उद्धार क्षतिपूर्तिका लागि गैर जिम्मेवार बन्दै बेवास्था र अटेरी गर्दै आएकाले कानून (बैदेशिक रोजगार ऐन २०६४) ले निर्दिष्ट गरेका बाटाहरू (दफा ३५, ३६ र ७५) मा पुनः जिम्मेवार एजेन्सीहरूलार्इ ल्याएर उनीहरूको कानूनी दायित्व र कर्तब्य निर्बाह गर्न लगाउन सम्बन्धित सरकारी निकायले कडा कदम चाल्नुपर्दछ । मागपत्र स्वीकृतिका लागि दूतावासलार्इ बाइपास गर्ने तर उद्धार गर्नुपर्दा सबै काम दूतावासले नै गरिदिनुपर्छ भन्दै म्यानपावर एजेन्सीहरू पन्छिनु कानूनी र नैतिक दुबै दृष्टीमा उचित हैन, अतः दूतावास, म्यानपावर एजेन्सी र नेपाली समुदायसमेत उद्धार कार्यमा सरिक हुनुपर्दछ साथसाथै कानून तोडी ब्यवसाय गर्ने र जिम्मेवारीबाट भाग्ने, अटेरी गर्नेहरूलार्इ कानूनी कार्बाहीको दायरामा पनि ल्याउनुपर्दछ ।
४. कतिपय निर्दोश नेपालीहरू पनि परिबन्दमा परेर, फसे फसार्इएर, झुठ्ठा आरोप खेप्दै सरकारी र कानुनी सेवा सुनुवार्इ हुन नसक्दा पनि जेलमा सजाय भोगिरहेका छन । सरकारी कानूनी सेवा र पहल बढाउन सके कतिपयको जेल सजाय दण्ड जरिमाना घटाउन या हटाएर मुक्ति दिलाउन सकिने सम्भावना पनि रहेकाले नेपाल सरकारले हरेक नियोगहरूमा कानूनी सहचारी पनि खटाउनुपर्ने या त्यस्तो सेवाको प्रबन्ध मिलाउन आवश्यक छ ।
५. बैदेशिक रोजगारमा नेपाली कामदारहरूका अधिकांश समस्याहरूको बिजारोपन नेपालबाटै हुने र अधिकांश केशहरूको छिनोफानो पनि नेपाल पुगेरै हुने भएकाले नेपालमै सचेतना अझै बढाउनुपर्ने र न्याय प्रणालीमा सम्माननीय प्रधानमन्त्रीज्युको सम्बोधनमा आएबमोजिम नै फास्ट ट्रयाक मा लगी पीडित कामदारहरूलार्इ शिघ्र र चित्तबुझ्दो हुनेगरी न्याय तथा क्षतिपूर्ति दिलाउनेगरी मौजुदा न्याय प्रणाली (परिपाटी)मा सुधार हुनैपर्दछ ।
६. प्रणाली (परिपाटी)मा सुधार हुनैपर्दछ ।
कार्यक्रममा श्रमिकहरूको बस्तुगत तथ्य, हालको स्थिति र अभिलेख सहित तयार पारिएको प्रतिबेदन एनआरएनए एनसिसि साउदी अरबका का. बा. कोषाध्यक्ष लाल बहादुर मगर मगरको प्राबिधिक सहयोगमा उपाध्यक्ष ध्रुब कुमार रिजाल ज्युले प्रोजेक्टरको माध्याद्वारा प्रस्तुत गर्नुभएको थियो भने सामाजिक अभियन्ता तथा पत्रकार द्वय अञ्जन पोखरेल र बिरेन्द्र कटुवालले नेपाली श्रमिकहरूका बस्तुगत यथार्थलाइ कार्यपत्रका रूपमा प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरि एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान, एनआरएनए आइसिसीको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (FEMWWC) का संयोजक धरम के.सी., नेपाली महावाणिज्य दूतावास, जेद्दाका कार्यबाहक महावाणिज्यदूत रेवती रमण पौडेल, नेपाली महावाणिज्य दूतावास जेद्दाका वाणिज्यदूत मनहरी दंगाल, नेपाली महावाणिज्य दूतावास, जेद्दाका श्रम सहचारी भोजराज घिमिरे, समाजसेवी तथा बुद्दिजीवी दुर्गा विक लगाएत अन्य अतिथी ज्युहरूले खुला छलफल अन्तर्गत उठेका श्रमिक समस्या र सवालहरूलाइ तत्काल गर्न सकिने पहल तथा दिर्घकालीन समाधानका सहित रोकथामका निम्ति चाल्नु पर्ने कदम र खेल्नु पर्ने भुमिकाका बिषयमा राय, सल्लाह, सुझावहरू दिनुभएको थियो ।
अन्तरकृयाको प्रारम्भमै एनआरएनए आइसिसीको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (FEMWWC) का संयोजक धरम के.सी.ले बिशेष मन्तब्य राख्नुभएको थियो भने का.बा. महाबाणिज्यदूत रेवति रमण पौडेलले महाबाणिज्यदूतावासका तर्फबाट बिभिन्न पीडित कामदारहरूलार्इ पुर्याइएको सरकारी तथा कुटनैतिक सेवा सुविधा बारे जानकारी दिलाउनुहुदै अंग्रेजि नयाँ बर्ष २०१७ को सुरूवात सँगै नेपाली श्रमिकहरूका समस्या न्युनिकरण होस र यस्ता किसिमका बहस र छलफलहरू चलाउन नपरोस भनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
दुइ चरणमा बिभाजित कार्यक्रम एनसिसी साउदीका अध्यक्ष नारायण पासवानको सभापतित्व तथा महावाणिज्य दूतावासका कार्यवहाक महावाणिज्यदूत रेवती रमण पौडलज्युको प्रमुख अथित्यमा एनसिसि महासचिव तेज थापा र आरसिसि जेध्दाका सहसचिव राजकुमार गिरीद्वारा संयुक्त रूपमा सञ्चालन भएको थियो । आसन ग्रहण, राष्ट्रिय धुन सँगै कार्यक्रमका सभापति, प्रमुख अथिति, बिशेष अथिति तथा बिशिष्ठ अथितिहरूले एकै साथ पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
स्वागत तथा शुभकामना मन्तव्य अन्तर्गत एनआरएनए एनसिसि उपाध्यक्ष ध्रुब कुमार रिजालद्वारा स्वागत मन्तव्य राखिएको भने एनआरएनए आइसिसी सदस्य दिनेश सुनुवार, एनआरएनए आरसिसि जेध्दाका क्षेत्रिय अध्यक्ष भिम गुरूङ, समाजिक अभियान्ता तथा पत्रकार अन्जान पोखरेल, पत्रकार तथा बुद्दिजीवी विरेन्द्र कटुवाल, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय परिषद, साउदी अरबका उपाध्यक्ष वाल कुमार राई, समाजसेवी तथा बुद्धिजिवी नर कुमार मगर, नेपाली महावाणिज्य दूतावास, जेद्दाका वाणिज्यदूत मनहरी दंगाल, श्रम सहचारी भोजराज घिमिरे, समाजसेवी तथा बुद्दिजीवी पूर्ण कार्की, समाजसेवी तथा बुद्दिजीवी रामराधा घिमिरे, समाजसे