नेपाली जनसम्पर्क समिती साउदी अरबको महाधिवेसन नजिकिदै , संबोधन गर्न प्रदिप पौड्याल आउदै

           
साउदी अरब (अर्घाखाँचीडट्कम) नेपाली कांग्रेस आबद्द प्रबासी नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिती साउदी अरबको प्रथम महाधिवेशन २० जनवरी २०१७, शुक्रबारको दिन राजधानी रियाद शहरमा सम्पन्न हुदै छ ।

महाधिवेशनलाई संबोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य  एबम युबा नेता प्रदिप पौड्याल आउने आयोजक समितीले जनाएको छ ।

आगामी शुक्रबार हुने महाधिवेशनको तयारी लगभग पुरा भएको जनाइएको छ । देशको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिती साउदी अरबको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको चर्चा परिचर्चा हुन् थालेको छ ।

नेपालमा जस्तो देउवा र पौड्याल गुटको समुह यहा देखा परेको छैन तर नेतृत्वमा आउन खोज्नुलाई स्वाभाविक रुपमा ठानिएको छ  । हालका सभापती चोला पाठक स्वदेश फर्के सगै कार्यबाहक सभापती चलाउदै आएका दिपक रेग्मी सभापती हुने लगभग निश्चित छ ।

सभापती पछिको कार्यकारीणी पद महामन्त्रीमा भने सुरेशराज त्रिपाठी हुने जानकारहरु बताउछन । हालका महामन्त्री नवराज लामीछाने उप सभापती र कोषाध्यक्षमा अरुण बेल्बासेको चर्चा छ ।बजारमा जस्तोसुकै हल्ला चलेपनि  नेतृत्व चयन सर्बसहमतीमा हुने बताइएको छ ।