प्रवासी नेपाली संघ (भारत) द्दारा राखिएको खुल्ला भलिबल प्रतियोगितामा नेपाली देशभक्त आवाजको एतिहासिक जित !

-बाबु रोका मगर/ अर्घाखाँची डट कम 
भारतको राजधानी दिल्ली स्थित रोजगारी को शिलशिलामा रहेका देशप्रेमी खेलप्रेमी नेपाली युवाहरुलाई खेल प्रती जागरुक बनाउने हेतुले प्रवासी नेपाली संघ भारतको आयोजनमा गत हप्ता २६ जनवरी बाट सुरु गरिएको खुल्ला भलिबल ट्रुनामेन्टमा भारतको राजधानी दिल्ली स्थित स्थापना गरिएको गैर-राजनीतिक सामाजिक संस्था नेपाली देशभक्त आवाज को टिमले प्रथम स्थानमा जित हासिल गर्न सफल रहेको छ |
गएको २६ जनवरी बिहिवार को दिन प्रवासी नेपालीको संघ भारतका अध्यक्ष लोकनाथ भन्डारी द्दारा उद्घाटन गरि संचालन भएको खेल बिचमा मौसम र समयको कारणले अवरोध आएपछी खेल स्थगित गर्दै जाँदा सो खेल लाई आजको दिन समापन गरिएको छ ।
नेपाली देशभक्त आवाजका प्रतिनिधि हरि रोका मगरको संयोजकमा मोहन थापा,सेरु मगर, भानु पाण्डे, कपिल थापा, चन्द्र मगर, देव कार्की, निश्चल तिमल्सिना, जितु बगाले मगर मोहन थापा कै कप्तानमा खेलाडिहरुलाइ खेलमैदान मा उतारी खेलाडिहरुलाइ हौसला दिदै १८ भलिबल टिमलाइ पछि पार्दै प्रथम स्थानमा बाजी मार्न सफल भएका छन भने दोश्रो लुम्बिनी क्लव र तेस्रो स्थानमा गुल्मी क्लव गुडगाव आएको छ !
नेपाली देशभक्त आवाजको पहिलो पटक खेलाडि ग्रुप निर्माण गरि पहिलो पटक मा नै यसरि खेल जित्न सफल भएको हुदा सबैले हार्दिक बधाई दिएका छन् |