तेज बहादुर थापा
साउदी अरब (अर्घाखाँचीडट्कम) गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रिय समितिको तेस्रो अधिबेशन अल मुफ्ता रिसोर्टमा भव्यताको साथ सम्पन्न भएको छ । एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रबासी कल्याणकारी समितीका संयोजक धरम केसि को प्रमुख आतिथ्या तथा एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान को बिशेष अतिथ्य रहेको कार्यक्रमको सभापतित्व आरसिसी ताबुकका निबर्तमान कार्यबाहक अध्यक्ष अर्जुन थापाले गर्नु भएको थियो ।
कार्यक्रममा आरसिसी ताबुकका संस्थापक श्री भक्त हमाल, पुर्व अध्यक्ष हेमन्त बस्नेत, निबर्तमान प्रमुख सल्लाहकार बद्रि बिमली लगायतका अतिथिको रूपमा उपस्थिति जनाउनु भएको थियो भने ताबुक क्षेत्र वरपरका नेपाली जनसमुदायहरूको उल्लेख्य सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको ताबुकबाट मनोज बरालले जनाउनु भयो ।
बिभिन्न चरणमा बिभाजित कार्यक्रमलाइ आरसिसी ताबुकका सचिब मनोज बरालले संचालन गर्नुभएको थियो । अधिवेशन कै क्रममा श्रमिक समस्या संग सम्बन्धित छोटो अन्तर्कृया कार्यक्रम समेत चलाइएको थियो भने त्यहाँ उठेका श्रमिकहरुका समस्या तथा जिज्ञासाहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथि हरूले सम्बोधन गर्नुभएको थियो ।
अधिबेशनलाइ सफल बनाउन बिभिन्न समितिहरू तयार गरि व्यवस्थित रूपमा परिचालन गरिएको थियो । समितिका संयोजक बद्रि बिमलीद्वारा सर्वसहमतिमा नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो भने एनसिसि अध्यक्षद्वारा नवनियुक्त आरसिसि अध्यक्ष तथा आरसिसि अध्यक्षबाट नयाँ कार्य समितिलाइ सपथ ग्रहण गराइएको थियो ।
गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती ताबुकका अर्जुन थापाको अध्यक्षतामा क्षेत्रीय समिती गठन गरिएको छ । जसको उपाध्याक्षमा भुपेन्द्र लामा र कृष्ण कुमार भुजेल सचिब मनोज बराल सह सचिब छत्र बहादुर थापा कोषाध्यक्ष देबी बहादुर कार्की सह कोषाध्यक्ष सन्जिब पराजुली रहेका छन् ।
यसै गरी सदस्यहरुमा लिलाकण्ठ बराल,बिर बहादुर परियार, दिपक कार्की, राजकुमार राई र नर बहादुर खतिवडा निर्बाचित भएका छन् । अधिबेशनले युबा संयोजकमा यादब ठटाल हिमाली र प्रवक्तामा युबराज पोखरेललाई चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि लगायतका अतिथिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थयो । त्यसैगरि नवनिर्वाचित ताबुक क्षेत्रिय अध्यक्ष अर्जुन थापाद्वारा आगामी वर्षभित्र सदस्य संख्या १००० पुर्याउने लक्ष्य सहित ताबुकको कार्यक्षेत्र भित्र पर्ने हक्कल, दुबा जस्ता ठाउहरुमा एलसिसी गठन गरिने जस्ता बिषयवस्तुहरुलाई समेटेर भावि कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो।