एनआरएनए साउदिद्वारा मृतकको परिवारलाइ सहयोग

तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडट्कम) आर्थिक स्थिति निकै कमजोर सिराहाका इन्द्र पासवान र एकलास देवी पासवानलाइ दैवले समेत पक्षपात गरेको छ । रक्त क्यान्सर जस्तो प्राणघातक रोगले ग्रसित कर्जन्हा ४, सिराहाका १० बर्षिय बालक सुरेन्द्र पासवान क्यान्सर अस्पताल चितवनमा उपचारकै क्रममा गत २०१७ फेब्रुअरी, ८ तारिख सुरेन्द्रको अल्पायु मै मृत्यु भयो ।


 पासवान परिवारले रक्त क्यान्सर रोगले ग्रसित सुरेन्द्रलाइ बचाउन सामाजिक संजाल तथा मिडिया मार्फत अपिल गरेका थिए । सो जानकारी एनआरएनए साउदी अरबका अध्यक्ष नारायण पासवानलाइ समेत प्राप्त भए पश्चात उहाँले संस्थागत सहयोगका लागि अभियान चलाउनु भएको थियो ।


तर बिडम्वना उनलाइ बचाउन नसके पछि पासवान परिवारको दयनिय अवस्थालाइ मध्य नजर गरि संकलित रकम एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको छ । हाल घर बिदामा नेपाल रहनु भएका गैर आवासीय नेपाली संघ साउदी अरबका उपाध्यक्ष डमर यादवले सामाजिक अगुवा तथा स्थानिय पत्रकारहरूको उपस्थितिमा ५०,००० रूपैया नगद मृतकका बाबा-आमालाइ हस्तान्तण गरिएको यादवले जानकारी दिनु भयो ।

एनआरएन साउदि अवरद्वार चलाइएको सुरेन्द्र बचाउन अभियानमा सहयोग गर्ने सहयोगीहरूको सुचीः
१. नारायण पासमान, रू. १८,२७५
२. धरम के. सी., रू. ५,७००
३. कृष्ण पुरी, रू. ५,७००
४. भक्त हमाल, रू. ५,७००
५. डमर यादव, रू ५,०००
६. उमेश भट्टराई, रू. २,८५०
७. तेज बहादुर थापा, रू. २,५००
८. देव नारायण चौधरी, रू. १,४२५
९. लेखा गुरूङ, रू. १,४२५
१०. अन्जनि कुमार अधिकारी, रू. १,४२५
जम्मा ५०,०००/- रूपैया
नेपालीका लागी नेपाली भन्ने संस्थागत मुल मन्त्रलाइ आत्मसाथ गर्दै एनआरएनए साउदि अरब प्रवासमा रहेका श्रमिकहरूको सहयात्रि मात्र नभएर स्वदेशका पिडाहरूमा समेत मलम पट्टि गर्ने कार्यमा अनवरत रूपमा लागि परिरहेको छ ।