साउदीमा गरे एक नेपालीले आत्महत्या

           
रोजगारीको सिलसिलामा द रिभर ओभरसिज मार्फत साउदी अरबको इ वान ग्रुप रियाध, सप्लाई मार्फत दम्माम स्थित के एफ सी मा कार्यरत मोरंग जिल्ला राजाघाट गाबिस वडा न ९ का परशुराम ढकालले गत १६ फेब्रुअरी २०१७ का दिन बाथरुममा चुकुल लगाएर आत्महत्या गरेका थिय ।

पारिबारिक श्रोतका अनुसार सामान्य पारिबारिक तनाव र आफ्नो प्रेमिकाले अरुसगे बिहे गरेकोले मानसिक तनाबका कारण आत्महत्या गरेको साउदीमा ब्यबसाय गर्दै आउनु भएका समाजसेवी कमल खरेलले बताउनु भयो ।

समाजसेवी खरेलले मृतकको भाउजु सग सम्पर्क गरि जानकारी लिनु भएको थियो । मृतकको मृत शरीर नेपाल लैजान नेपाली दुतावासका हरि घिमिरे र सम्बन्धित कम्पनीमा पहल गरिदिनको लागि अनुरोध गरेको र सकारात्मक जबाफ आएको बताउनु भयो ।

समाजसेबी खरेलले सम्बन्धित निकायलाई अनुरोध गरेको अडियो रेकर्ड समेत अर्घाखाँचीडट्कमलाई उपलब्ध गराउनु भएको छ ।