आगामी वर्षका लागि कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदार

 दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको जानकारी गराएको छ ।
अबको वर्ष परीक्षा दिनेमध्येबाट ६ हजार २ सय कृषिमा र ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा उर्त्तीण हुने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।