नेपाली श्रमिक लाई भरिया बनाई सुन तस्करी

नेपाली श्रमिक लाई भरिया बनाई सुन तस्करी को ब्यबसायको जालो साउदी अरबमा फैलदो


श्री कृष्ण श्रेष्ठ

साउदि अरबमा अनुमानित ५/६ लाख नेपालीहरु कार्यरत रहेका छन । अधिकांश कामदार श्रमिक वर्गको रुपमा कार्यरत रहेको छन्, न्युन नै भए पनि ब्यबसायिक रुपमा रेस्टुरेन्ट, होटेल, कार्गो,ट्रावल्स आयात निर्यात,पसल/दुकान म्यानपावर(ब्यबसायको रुपमा मानिने) लगायतका ब्यबसायमा संलग्न रहेको देखिन्छ । सानै संख्यामा रहेपनि नेपाली समुदाय बिस्तारै ब्यबसायमा फैलदै गएको छ । जुन निकै सकारात्मक पक्ष हो र बढ्दै जानु पर्दछ ।

यहाँ उठान गर्न खोजिएको ब्यबसाय अलि भिन्न प्रकार को छ, त्यो हो पहेंलो धातु याने सुन को ब्यबसाय भिन्न यस अर्थमा जनाईएको छ कि यो ब्यबसाय सिधा सिधा नेपाल निर्यात संग समन्धित छ । अर्को तरिका ले भन्नु पर्दा नेपालमा  नेपाल सरकार ले श्रमिक वर्ग लाई नेपाल ल्याउन दिएको ५० ग्राम सम्म गहना मा भन्सार छुट को सुबिधा को उल्टो अर्थ मा सदुपयोग गरि तिनै श्रमिकहरु लाई माध्यम बनाएर सुन तस्कर गर्ने गोरख धन्दा को बारेमा छ ।

सिधा अर्थ मा भन्नु पर्दा नेपाली श्रमिक लाई भरिया बनाई सुन तस्करी को ब्यबसायको जालो साउदी अरबमा फैलदो छ ।

नेपाल जाने लाई गहना बनाई बोकाई पठाउने र नेपालमा एयरपोर्ट मा नै सो बुझी लिने(नेटवर्क) र भरिया भै सुन बोक्ने लाई केहि रकम/होटेल को खर्च बेहोर्ने गरि यो धन्दा चलेको छ ।

एनए मिडिया ले साउदी अरबमा लब्ध प्रतिष्ठित ५० भन्दा बढी महानुभाबहरुसंग सुन तस्कर समन्धमा सोधखोज गरेको थियो । आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा अधिकांश ले सुन नेपाल पुर्याउने कार्य धेरैको ब्यबसाय नै बनेको र निकै ठुलो परिणाममा यो माध्यम ले नेपालमा सुन तस्करी भै रहेको र सुन र हुण्डी गाठो आपसमा जोडिएको समेत बताउनु भएको छ ।

सोधखोजमा अर्को आश्चर्यलाग्दो तथ्य समेत बाहिरिएको छ कि अधिकांस लाई छोडेर केहि  नाम चलेका ब्यबसायीहरु,साउदी अरबमा सामाजिक क्षेत्रमा संलग्न,जिम्मेवार पदमा रहेका, सभा सम्मेलनमा बिशेष सम्मान का साथ बोलाइने एबम मन्तब्यको माध्यम ले समाजमा ज्ञान बाढने हैसियतमा रहेका केहि गन्यमान्य समेत यो व्य..तस्करीमा चुर्लुम्ब डुबेको इंगित गरिएको छ ।
नेपाल सरकार,दूतावास ले मौलाउदै गरेको पहेलो धातु को तस्करीको संजाल समंधमा सोधखोज गरि दोषीहरु को पहिचान गरि कारबाही गर्नु पर्दछ र जनस्तर बाट समाजसेवाको भेषमा लुकेका तस्करको सामाजिक बहिस्कार गर्नु पर्दछ  ।

तस्करहरुको गोरखधन्दाको कारणले बिगतमा ५० ग्राम सम्म काँचो सुन बिना भन्सार लान मिल्ने सुबिधा दिईएको मा सो खारेज गरि काँचो सुन को सट्टा गहना बनाई ५० ग्राम सम्म लान पाउने सुबिधा दिएको थियो । त्यो पनि खारेज नगर्ला भन्न सकिन्न…

(लेखक अरबनेपाल.कमका प्रधान सम्पादक हुन)