विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
फाल्गुन २० गते, २०७३ मा प्रकाशित
पहिलो प्रकासित मिती: २०७३ फाल्गुन १८, बुधवार)
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाको चरम लापरवाहीका कारण सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको छ ।
विद्युत महसुलको विल बुझाउन आएका सर्वसाधारणलाई प्राधिकरणमा कर्मचारी ११ बजे सम्म पनि कार्यालय नआउँदा सास्ती व्यहोर्नु परेको हो ।
मंगलवार बिहान ११ बजे प्राधिकरण कार्यालयमा विद्युत महसुलको विल बुझाउन आएका सेवाग्राहीहरुको भिड लागेको थियो तर प्राधिकरण कर्मचारी कार्यालय आएका थिएनन् ।
प्राधिकरण कर्मचारी पर्खदा हैरान खेपेका सेवाग्राहीहरुले बारम्बार फोन गरेर मात्र कार्यालय आएका थिए ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाका कर्मचारीहरुबाट वर्षौ देखि सेवाग्राहीहरुले विभिन्न सास्ती व्यहोर्नु परेको छ ।
जिल्लाका कयौ ठाउँमा तार जोडे पनि बिजुली लाईन नजोड्ने गरेको देखिन्छ । सन्धिखर्क – ९ प्रगतीनगर भालुखोलाको गच्छेखोला लाईनबाट तार जोडेको थुप्रो समय भएपनि प्राधिकरण कार्यालयले बजेट छैन भन्ने बिभिन्न नाटकका कारण अहिले सम्म पछाडि दुवारको लाईन प्रयोग गर्नुपरेको छ ।
यस्तै बत्ती नाउदा वा खराब हुँदा प्राधिकरण कार्यालय फोन गर्दा कर्मचारीले फोन नै नउठाउने उठाए पनि सेवाग्राहीहरुका समस्यालाई व्यवास्ता गर्ने गर्दछन् ।