दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला लैजान प्रतिबन्ध


– सुबास शर्मा 
दुबई । दुबईको अन्तर्रास्ट्रिय विमानस्थल प्रयोग गर्नेहरूका लागि नयाँ नियम लागू गरिएको छ। आगामी बुधबार (मार्च ८) देखि लागू हुनेगरी दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला, लैजान प्रतिबन्ध गरिएको हो।
डोरीले बाँधेर झोला लान नपाईने र ठूला लगेजमा समेत डोरी बेर्न नहुने विमानस्थलको प्रशासनले जनाएको छ। सुरक्षाका साथै लगेज व्यवस्थापन सहजताका लागि भन्दै नयाँ नियम लागू गरिको बताईएको छ। झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ।
दुबई बिमानस्थलको यो नियमले युएईमा रोजगारी गरेर स्वदेश फर्कने नेपाललगायत अन्य देशका नागरिकहरु प्रभावित हुने छन्। विशेष गरी नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत देशका नागरिकहरुले यसरी डोरीले बाधिएको झोला लाने गरेका छन्।
लगेजभन्दा सस्तो र तौलमा समेत हलुँगो हुने भएकाले थुप्रै नागरिकहरुले झोला(थैलो) मा सामान प्याकिङ गरि डोरिले बाँधेर लाने गरेका छन्।
दुबई बिमानिस्थलले उक्त नियम लागू गरेसँगै डोरीले बाँधिएका झोलाहरु विमानस्थलमा रोकिने भएकाले नियमको पालना गरि डोरीले बाँधेर कुनै पनि झोला नलैजान नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले आग्रह गरेका छन्।