राजु खनाल
एनआरएनए साउदी अरबको स्थानीय समन्वय समितिको आयोजनामा होलि शुभकामना आदन-प्रदान तथा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनएका बिभिन्न कमिटीका पदाधिकारी तथा सदस्यहरु बिभिन्न संघ संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत नेपाली दाजुभाइ तथा दिदि बहिनिहरूको उपस्थिति रहेको थियो ।
आरसिसि पुर्वि क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठले होलि किंमदन्ति बारेमा प्रकाश पारेका थिए भने समाजसेवि जोन अर्याल, होम थापा, बिवेशिल नेपाली दलका रबिन गुरूङ, नेपाली साझा मन्चका अध्यक्ष तथा एलसिसि जुबेलका सल्लाहकार रामकृष्ण घिमिरे, संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रिय सदस्य तथा एलसिसि जुबेलका प्रमुख सल्लाहकार श्री यावा लिम्बु, एलसिसि अलखोबरका अध्यक्ष जिवन लुर्इँटेल, एलसिसि दम्माका अध्यक्ष लोकेन्द्र लिम्बु, आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष चन्द्रमणि भन्डारी, एनसिसि साउदीका पुर्व केन्द्रिय सदस्य चन्द्रप्रकाश भन्डारी लगायत एनसिसि केन्द्रिय सदस्य उमेश भट्टराइ, उपाध्यक्ष डमर यादव तथा अध्यक्ष नारायण पासवानले होलि बिशेष शुभकामना दिएका थिए ।

एनसिसि साउदीका महासचिव तेज थापाले एनसिसि,आरसिसि तथा एलसिसि बिचको सहकार्य र प्रभावकारी समन्वयका लागि निर्भाह गर्नुपर्ने भुमिका बारेमा बोलेका थिए भने उपाध्यक्ष डमर कुमारले श्रमिक हकहित र साउदीमा बढ्दो समस्याहरूलाइ एनआरएनए साउदीले गर्ने समन्वयकारी भुमिका बारेमा एनआरएनए साउदीले उठाएका श्रमिक समस्या र यथासिघ्र सुनुवाइका लागि के कस्ता पहलहरू भएका छन् र कहाँ, कुन अवस्थामा रहेकाछन् भनि सोधिएको जिज्ञासाहरूलाइ एनसिसि साउदीका अध्यक्ष नारायण पासवानले जबाफ दिएका थिए ।
सोही कार्यक्रममा साउदिमा एनआरएनए अस्थाइ कार्यालय स्थापना गर्नका लागी छलफल भएको र कार्यालय स्थापनाका लागि एनसिसि साउदीका अध्यक्ष नारायण पसावानले २०० एस आर उपाध्यक्ष डमर यावद २०० एस आर महासचिव तेज थापा २०० एस आर केन्द्रिय सदस्य उमेश भट्टराइ ३०० एस आर न्यु अन्नपुर्ण नेपाली होटेल जुबेलले २०१ एस आर दिने घोषणा गरे भने समाजसेवि जोन आर्यालले कार्यालयका लागि आवश्यक फर्निचर लगायतका अन्य भौतिक सामाग्रि सहयोग गर्ने प्रतिबध्दता जाहेर गरे एलसिसि जुबेलले ५०० एस आर र अलखोवरले स्टेसनरि सामाग्रि उपलव्ध गराउने भएको छ ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तथा एलसिसि जुबेलका अध्यक्ष ओम फुयालले एनआरएनएको अभियानमा तिब्रता प्रदान गर्न संघको सबै तह र समितिलाइ अनुरोध गर्दै सहयोगि मन र स्वच्छ भावना जागृत भए सगरमाथको सिखरमा पुगेको महशुस हुने बिचार राख्दै नेपालको दुर्गम जिल्ला तथा पिछडिएको बर्ग अन्तर्गत पर्ने बिध्यालयका गरिब तथा जेहन्दार बिद्ध्यार्थीको लागी एन.आर.एन.ए. स्थानिय समन्वय समिति जुबेल को तर्फ बाट रु १ लाख अक्षय कोष स्थापना गर्ने उद्घोष गरेको एनआरएनए साउदीका महासचिव तेजबहादुर थापाले जानकारी दिए ।
जुबेल स्थानिय समन्वय समितिका अध्यक्ष ओम फुयालज्युको सभापतित्व तथा एनसिसि साउदीका अध्यक्ष नारायण पासवानको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको संचालन आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीले र स्वागत मन्तव्य सन्जिव सुनारले गरेका थिए ।