सेयर बजारमा छलाङ जारी

मंगलबार पनि सेयर बजारमा छलाङ जारी रह्यो ।
सर्किट ब्रेक लाग्दै बजार परिसूचक नेप्से ७६ अंकले उकालो लागेर १६ सय १० पुग्यो । कारोबार पनि डेढ अर्ब बराबर पुग्यो ।
नेप्से ५ प्रतिशतले बढेसँगै २ बजे नै कारोबार स्थगित भयो । कारोबार भएका सबैजसो समूह उकालो लागे ।
बीमा समूहमा ५ सय ३ अंकको उच्च बृद्धि आयो । जलविद्युत् समूह पनि १ सय ६ अंकले उकालो लाग्यो । विकास बैंक समूहमा ८२ अंक, वाणिज्य बैक समूहमा ७५ अंक, अनि होटल समूहमा पनि ७१ अंकको वृद्धि आयो । वित्त समूहमा ३८ अंकको सुधार आउँदा अन्य समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो । उत्पादनमूलक समूह भने स्थीर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको २६ लाख कित्ता बराबर सेयर १ अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।  इमेजखबरमा समाचार छ ।