सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट

 साताको अन्तिम दिन विहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आयो ।
बुधबार ५० अंकले बढेको नेप्से यसदिन साढे तीन अंकले झरेर १६ सय ५८ बिन्दूमा आइपुग्यो । मंगलबार भने नेप्से ४० अंक बराबरले ओर्लिएको थियो ।
कारोबार सुरुआती समयमा नेप्से बढेर १६ सय ८३ बिन्दू पार गरेपनि अन्तिम समयमा झर्दै ऋणात्मक बनेको हो ।
यसदिन बीमा, होटल र अन्य समूहमा वृद्धि आयो भने अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन १ सय ४३ कम्पनीको १८ लाख कित्ता सेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबरमा खरिद-बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।