बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु

नगरस्तरिय अभिमुखिकरण
बुटवल, १२ जेठ ।  सैनामैना नगरपालिको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सैनामैनाको  मुर्गियामा ‘नगरपालिका स्तरिय वालक्लवहरुको लागि अभिमुखिकरण तथा प्रशिक्षण’ कार्यक्रम सुरु भएको छ । 
 कार्यक्रमको शुक्रवार सैनामैना गरपालिकाका प्रतिनिधि  केशवराम अर्यालले समुद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले वालवालिकाहरुको कलिलामा बाल मस्तिष्कमा स सनाा कुराहरुले समेत प्रभाव भएको कारण सयमा समयमा नै अभिभावक तथा स्वय्म बालवालिकाहरु सचेत हुनुपर्ने बताएका थिए । उनले भने- वाल अधिकार प्रयोग देखि लिएर उनीहरुको अधिकार र कत्व्र्यको विषयामा समेत आम जनमानिसहरु सचेत हुनपर्ने अवस्था आएको छ । 
दुई दिन सम्म चल्ने तालिमको बुटवल उपमहनारपालिकाका सामाजिक महाशाखा प्रमुख बरिष्ठ अधिकृत विजयदेव भुर्तेलले सहजीकरण गरेका छन् । तालिम सुभाम्भ अवसमार बोल्दै उनले पछिल्लो समयमा स्थानिय निकयाको निर्वाचन संघारमा आएको भन्दै राजनीतिक दलहरुले यस विषयमा वालवालिकाहरु प्रयोग गर्न सक्ने भन्दै समयमा नै सचेत रहन आग्रह गरे । 
 लुम्बिनी ग्रामिण विकास परिषद्का अध्यक्ष  चन्द्रकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका निर्देशक  राम प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा गोमा बस्याल, विमला गौतम लगायतले स्थानिय सहजीकरण गरेका थिए भने अभिमुखिकरण तालिममा सैनामैना क्षेत्रका  सबै वडाहरुका   वालक्लवहरुको सहभागीता रहेको छ । नगरपालिकाले बालमैत्री नगर बनाउने योजना अगाडी बढाई रहेको सम्र्दभमा यस्तो प्रकृतिको अभिखिकरण तथा तालिम आयोजना हुनु आफैमा गौरवको विषय भएको सहभागीहरुले  बताएका थिए । 

अन्य समाचारहरु