सालीक राम अाचार्य
मस्कट अाेमान ओमानमा स्थापित नेपाली राजनीति अास्था बाेकेका संगठनको साझा मोर्चा संयुक्त बैचारिक सयन्त्र द्दारा नेपाल सरकार प्रधानमन्त्री लाई ज्ञापनपत्र बुजायकाे छ । देशमा राजनीति खिचातानी र कुर्सी काे खेलमा खुट्टा तानातान गरिरहेका प्रमुख राजनीति दलका अाेमान शाखाहरु भने पटकपटक प्रवासमा रहेका समस्याहरु का लागी एकताकाे सुुुत्रमा बाँँधिएका छन ।
यस्तै उदाहरण देशभित्र पनि देेेेख्नपायमा नेपाली जनताले धेरै सास्ती खेप्न प्रदैनथ्याे हाेला तर अाेमानकाे बिषयमा चारै संगठनलाई प्रसंसा गर्नु नै पर्छ ।
ओमानमा स्थापित नेपाली राजनीति अास्था बाेकेका संगठनको साझा मोर्चा संयुक्त बैचारिक सयन्त्र द्दारा नेपाल सरकार प्रधानमन्त्री लाई नेपाली राजदुतावास ओमान मार्फत ज्ञापनपत्र बुजाएकाे हाे । नेपाली घरेलु महिला कामदारहरु ले खेप्नुपरेकाे बिदामा गएर फर्कन नपाएका ले विदामा गएका महिला कामदारहरु लाई नराेकियाेस भन्दै नेपाली राजदुतावास अाेमानकी नव नियुक्त राजदुत शर्मिला पराजुली लाइ संयुक्त ज्ञापन पत्र बुझाएका छन । ओमान नेपाली एकता समाज, जनप्रगतिशिल मंच ओमान, नेपाली जनसम्पर्क समिती ओमान, प्रवासी नेपाली मंच ओमान रहेको संयुक्त बैैैैचारिक सयन्त्रका संयोजक सोभाकान्त लामिछाने द्दारा ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल सरकार ले हालै खाडिमा घरेलु कामदार को रूपमा कार्यरत महिला कामदारहरु बिदामा स्वदेश गएर पुनः फर्कदा उनीहरुलाइ आबस्यक श्रमस्विकृति दिन रोक लगाएको छ । नया आउने हरुलाइ राम्रो भएता पनि बिदामा गएर फर्कनेहरुको लागी रोक्नु हामी गलत मान्छौ यो कदमले प्रवासमा श्रम गरि परिवार पाल्ने महिलाहरुको रोजिरोटी नै बन्द भएको छ खाडीमा श्रम गरि सन्तोष जनक जिबिकोपार्जन गरिरहेका महिला र आश्रीत परिवार प्रभावित भएका छन जेनतेन बालबच्चा पडाइ खानपिन खर्छ धानिरहेका महिला हरुलाइ रोजगारी बाट बन्चित गरिनु कदापि राम्रो कार्य हुन सक्दैन ति अधिकाम्स महिलाहरु अशिक्षित र साक्षर मात्र बिपन्न बर्गको भएको हुदा उनिहरुले कुनै जागिर वा ब्यापार ब्याबसाय गर्न पनि आर्थिक रुपले असक्षम छन र सरकार ले पनि तत्काल बैकल्पिक ब्याबस्था पनि गर्न सक्ने देखिदैन ।
घरेलु कामदार हरुको हकमा जति नियम बनाए पनि दलाल हरुले भारत दुबै कतार श्रीलंका पुर्याएर मोटो कमिसन खाएर ओमानमा बेचबिखन गर्दै आएको छ । यसले गर्दा महिला कामदार हरुको समस्या हरु दिन प्रतिदिन बड्दो छ तसर्थ आगामी दिनमा घरेलु कामदार महिलाहरुलाइ सरकार को नै संरक्षकत्व मा सरकारी निकाय मार्फत नै पठाउने ब्याबस्था भएमा महिला हरुको सुरक्षा र समस्या न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो ठहर छ l
ज्ञापन पत्र बुझाउदै सयन्त्रका संयोजक लामिछाने लगायत संयुक्त बैचारिक सयन्त्रका प्रतिनिधि हरुले महिला कामदारको बारेमा प्रकाश पारेका थिय ।
ज्ञापन पत्र बुझ्दै राजदुत शर्मिला पराजुली ले प्रवासमा रहेका नेपालीहरुमा भैपरी अाउने समस्याका लागी आफु हर समय श्रमिक नेपालीको पक्षमा रहेर काम गर्ने र ओमान सरकार सग श्रम सम्झौताका लागी आफु लागी परेको बताएकी छिन । एसाे भएमा हामी कानुनी रूपमा पनि बलिया हुने उनको भनाइ छ ।अन्त्यमा खाडीमा कार्यरत महिलाहरुको समस्याको बारेमा कुरा उठाई दिएकाेमा सबैलाई धन्यवाद दिदै हरेक समय सम्पुर्ण नेपालीहरु का लागि नेपाली राजदुतावासकाे ढोका खुला रहेको र आफु पनि श्रमिक को पक्षमा हर समय लाग्ने प्रतिबद्धता जनाएकी छिन ।