स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना भइरहेको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन भएको थियो ।
निर्वाचन आयोगका अनुसार डोटी, डडेल्धुरा, कैलाली, झापा, नवलपरासी, रुपन्देही, भोजपुरलगायत तीनवटै प्रदेशका अधिकांश जिल्लाका स्थानीय तहमा मतगणना जारी छ । बुधबार रातिदेखि नै मतगणना सुरु भएको कतिपय तहको नजिता आइरहेका छन् भने केही स्थानमा गणनाको प्रक्रिया सुरु हुँदै छ । बढी मतदाता रहेका महानगर, उपमहानगरको परिणाम ७ दिनभित्र र अन्तको ३ दिनभित्र आउने गरी गणनाको व्यवस्थापन गर्न निर्देशन दिइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । बुधबारको निर्वाचनमा प्रतिकूल मौसम भए पनि ७०.५ प्रतिशत बढी मतदान भएको थियो ।
दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ प्रतिस्पर्धी छन् । पहिलो चरणमा वैशाख ३१ गते भएको प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । कान्तिपुरमा समाचार छ् ।