जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र

तपाईंले एउटा जिन्सको पाइन्ट किन्नु पर्‍यो भने कति मूल्यसम्म
तिर्नुहुन्छ
? तपाईंले सहजै मूल्यको अन्दाज गर्न
सक्नुहुन्न
, बरु पाइन्टको गुणस्तर, ब्राण्ड र किन्ने ठाउँसम्मलाई
सम्झिनुहुन्छ।

जति सम्झिए पनि, मूल्यको अनुमान गरेता पनि पाँच सयमै
पसलबाटै जिन्सको पाइन्ट किन्न पाइएला भन्ने कल्पना गर्नुहुने छैन।

तर, राजधानीका तीन स्थानमा भने यस्तो पसल सञ्चालनमा आएको छन्, जहाँ हरेक कपडाको मूल्य पाँच सय
रुपैयाँ मात्र पर्छ। काठमाडौंको सातदोबाटो
, गौशाला र भक्तपुरको सूर्यविनायकमा खुलेको चाइना भीबी क्लोथिङ स्टोर
 नामको पसलबाट यस्तो सुविधा लिन सकिन्छ।

पसलमा बालबच्चा, युवा, वयस्कदेखि प्रौढसम्मले लगाउने अधिकांश तयारी कपडा उपलब्ध छन्।

पसलमा महिला पुरुष दुवैका लागि
विभिन्न डिजाइनका टिसर्ट
, सर्ट, हाफ­पाइन्ट, पाइन्ट, ट्राउजर, ज्याकेट, नाइट ड्रेस, विन्ड्चिटरदेखि रेनकोटसम्म बेच्न
राखिएको छ।

त्यस्तै, छाता, झोला, बेल्ट, झ्यालको पर्दा, सिरानीको खोल तथा तन्ना, मसिना ब्ल्याङ्केटलगायतका लत्ताकपडा पनि एकै मूल्यमा किन्न सकिन्छ।

पसलमा कपडा बाहेक १५ सय र २ हजार
मुल्यका लगेज समेत उपलब्ध छ।

किन यति सस्तो मूल्यमा सामान
बेच्नुभएको भन्ने प्रश्नमा पसलकी सञ्चालकमध्येकी एक मात्र नेपाली पेमछोकी शेर्पाले
चीनको खङदुमा रहेका आफूहरुका दुई कारखानाबाट सीधै ल्याएर बेच्ने गरेकाले नेपाली
बजार भाउभन्दा सस्तो हुन पुगेको बताइन्।

चिनियाँ भाषा प्रष्टसँग बोल्ने
सिन्धुपाल्चोककी शेर्पाको भनाईमा उनका श्रीमान चिनियाँ हुन्
, जसको चीनमा दुई कपडा कारखाना छन्।

images

शेर्पा भन्छिन्, नेपालमा भित्रने अधिकांश कपडा चीनबाट
आयात हुने गर्छ। तर आवतजावत गर्दा तथा त्यहाँ बसुन्जेलको खर्च
, बिचौलीयाले लिने तथा धेरै कमिसन
लगायतका कारणले गर्दा यहाँ कपडाको मूल्य महंगोमा पर्ने गर्छ।
, उनले थपिन्, हामीले यहाँको भन्दा निकै सस्तोमा
बेच्न सकिने देखेपछि बेच्न थालेका हौँ।

चीनमा आफ्नै कारखाना भएकाले उनीहरुलाई
भन्सार र ढुवानी खर्चबाहेक अन्य कुनै पनि खर्च लाग्दैन। आफ्नो परिवार नै संलग्न
भएर सीधै कपडा आयात गर्ने हुनाले बिचौलिया तथा आयातकर्ता
, होलसेल, रिटेलरबीचमा हुने कमिसनको बार्गेनिङ हुन पाउँदैन, जसले गर्दा उही कपडा पनि सस्तो पर्न
गएको उनको तर्क छ।

images

पसलमा सर्ट र पाइन्ट बाहेक अन्य किनी
सकेको कपडालाई भने एक्सचेन्जको सुविधा दिइएको छैन। शेर्पाका अनुसार पसलमा अत्याधिक
भीड हुने गरेको र स्टाफहरुलाई सामान देखाउनै भ्याई
नभ्याई हुने हुँदा सो सुविधा दिन नसकिएको हो।

माग उच्च रहेकाले त्यसअनुरुपको कपडा
पूर्ति गर्न हम्मेहम्मे परिरहेको उनको जिकिर छ।

images

पसलमै भेटिएका ललितपुर सानागाउँका
रबिन मर्हजनले सो पसलबाट छान्न सकेको खण्डमा धेरै सस्तोमा उत्कृष्ट कपडा किन्न
सकिने बताए। भन्छन्
, मैलै ६ महिना अघि २२ सय रुपैंयाँ
हालेर एउटा जिन्सको ज्याकेट किनेको थिएँ
, तर यहाँ आज सोही ज्याकेटको मुल्य केवल पाँच सय देख्दा आश्चर्य
लाग्यो।
, थपे, “निकै बेरसम्म ओल्टाईपल्टाई गरेर यताउती हेरें तर पनि दुरुस्तै
देखेपछि दुई वटा किनेर लाँदैछु।

पसललाई उपत्यकाभित्रका करिब १२
स्थानमा फैलाउने तयारी भइरहेको शेर्पाले जनाइन्।

सेतोपाटीबाट

           

Nepal life insurance

अन्य समाचारहरु