ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला

ताप्लेजुङका वनरक्षक गणेश शाहीका हत्यारालाई जिल्ला अदालत ताप्लेजुङले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
मिक्वाखोला गाउँपालिकाका टेकबहादुर लिम्बुलाई जिल्ला न्यायाधीस अशोककुमार बस्नेतको इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई ८ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बु, रामबहादुर लिम्बु र रिया भन्ने सोनिसा लिम्बुलाई जनही २० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
गत पुस १७ गते इलाका वन कार्यालय खोक्लिङमा कार्यरत वनरक्षक शाहीको घाँटी रेटी हत्या भएको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु