अरुण बेलबासे
साउदी अरब (अर्घाखाँचीडटकम) पारिबारिक सामाज साउदी अरबले रियाद र अल खर्ज क्षेत्रमा रहेका नेपाली परिबारहरुको भेटघाट तथा अधिबेशन हालै सम्पन्न भएको छ ।
करिब ३५ परिबार सहभागी रहेको सो कार्यक्रममा अन्य निम्तालुहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
अमृत पौडेलले संचालन गरेको सो कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
बिदेशमा रहेका नेपालीहरु बीच देशको रितिरिवाज , सस्कृतिलाई उथान गर्दै देश मा आई पर्ने कुनै आपत बिपतमा सहयोग गर्ने हिसाबले कोष समेत खडा गरिएको छ ।
रियादको एक्जिट १८ मा सम्पन्न भएको कार्यक्रममा रात्रीभोजको समेत ब्यबस्था गरिएको थियो भने अन्त्यमा नाचगान गरि रमाइलो गरिएको थियो ।