साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबको ग्लोबल अल सुहाईमी कम्पनी जुबेलमा आएका झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ का रमेश बरालको कारको ठक्करबाट मृत्यु भएको छ ।
ड्युटी को समयमा रोड् मेन्टिनेन्सको काम गरिरहेको समयमा पछाडि बाट आएको कार को ठक्कर बाट निजको गत शनिबार घटना स्थल मै मृत्यु भएको हो । घटनाको बारेमा नेपाली राजदुतावासका कर्मचारी हरि घिमिरेलाई जानकारी गराईएको छ ।
निजको डेथ बोडिलाई चाडो भन्दा चाडो नेपाल पठाउनको लागी पहल गर्न दम्माम बाट समाजसेबी कमल खरेल कम्पनीमा गई आबस्यक तयारी गर्दै हुनुन्छ ।