रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम

मदन पोखरेल सुमन 
रुपन्देही । पडसरी स्वास्थ्य चौकी रुपन्देहीको आयोजनामा नवनिर्वाचित ओमसतिया गाउपालिकाका प्रमुख ,उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
 ओमसतिया गाउपालिकाको प्रमुख हिरा केवट (राहुल)र उपप्रमुख सुन्दरमती कुमारी हरिजन माओवादी केन्द बाट जित्नुभएको हो ।  साबिकको पडसरी गाबिसलाई दुई वटा वडामा बिभाजन गरिएको थियो । ओमसतियाको गाउपालिका वडा न १मा राप्रपा नेपालबाट उमेदवार भएका बेल बहादुर बराल मगर र वडा न २ मा नेपाली कांग्रेसबाट ज्ञानेश श्रेष्ठले जित्नु भएको हो । 
 कार्यक्रममा प्रमुख , उपप्रमुख, वडा अध्यक्षहरु तथा सम्पुर्ण सदस्यहरु, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्यम सेबिकाको  उपस्थित रहेको पडसरि स्वास्थ्य चौकी प्रमुख हसराज दौल्यालले बताउनु भएको छ ।

अन्य समाचारहरु