यूवराज थापा
इजरायल । बिगत लामो समय देखि इजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुले हरेक नेपालि चाड पर्व हरुमा छुट्टा छुट्टै तरिकाले आयोजना गरेर पर्वहरु मनाउदै आए पनि यस् २०७४ सालको नारीहरुको महान पर्व हरितालिका तिज आयोजना भने सम्पूर्ण संघ सस्थाहरुको संयुक रुपमा भब्य तरिकाले मनाउदै छ ।
इजरयालमा येस बर्ष हुन् गहिरहेको एतिहासिक सामुहिक तिज धमकामा नेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बद्रि पंगेनी ,चर्चित लोक गायिका कालिका रोका मगर ,चर्चित गायिका भूमिका गिरि ,र साथमा हास्य कलाकार सुजित थापाको बिजोड धमाकेदार मनोरन्जनात्मक प्रस्तुतिको साथ् साथै इजरयालमा कार्यरत रहनुहुने स्थानीय कलाकारहरुको पनि धमाकेदार प्रस्तुति रहने छ।
यस तिज आयोजाना २५ अगस्ट २०१७ को शुक्रबार इजरायलि समय अनुसार ठिक ६: ३० बजे बेलुका शुरु हुने छ । र तिज आयोजना हुने स्थान भने TELAVIV UNIVERSITY SMOLARG TELVIV रहेकोछ । लेबन्सकी पार्कबाट कार्यक्रम स्थलसम्म आवत जावत सुविधाको लागि निशुल्क यातायातको ब्यवास्था रहेको आयोजक हरुको भनाइ छ।