पहिलो प्रकासित मिती: ११ जुलाई २०१७ आइतवार
यूवराज थापा
इजरायल । इजरायल इजरायलमा कार्यरत रहनुहुने नेपाली दाजुभाईहरु बीच ११ जुलाई २०१७ शुक्रबारको दिन तेलभिबको हगना फुटबल मैदानमा भएको मैत्रीपूर्ण खेलमा KYC ISRAEL ले EAST SPORTING ISRAEL लाइ १-० गोलले पराजित गरेको छ ।
KYC ISRAEL, EAST SPORTING ISRAEL र् SAMSHARA ISRAEL- ३ टिम बीच भएको मैत्रीपूर्ण खेलमा SAMSHARA ISRAEL ले बाइ पाए संगै kyc ISRAEL र EAST SPORTING ISRAEL बीच पहिलो खेल भएको थियो ।
उक्त KYC ISRAELर EAST SPORTING ISRAEL बीच भएको १५ -१५ मिनेटको पहिलो खेलमा EAST SPORTING ISRAELको तर्फबाट दुर्गा सेर्पा ले ७ औ मिनेटमा १ -गोल प्रहार गरेका थिए भने KYC ISRAELको तर्फबाट १३ औ मिनेटमा पुरन लिम्बुले १ गोल र १९ औ मिनेटमा महेश मावोवाङ्ग ले गोल हान्दै पहिलो खेल बिजय गरेको थिए ।
३ टीम बीच भएको मैत्रीपूर्ण फुटबल खेलको लिग आउट नियम अनुसार KYC ISRAEL संग् हारको सामाना भोग्नु परेको EAST SPORTING ISRAEL बाइ पाएको SAMSHARA ISRAEL टीम संग् पुन भिडेको थियो उक्त EAST SPORTING ISRAEL र SAMSHARA ISRAELबीच पुन भएको दोस्रो खेलमा SAMSHARA ISRAEL को तर्फबाट पहिलो गोल खेलको ५ औ मिनेटमा बिनोद तामाङ ले गरेका थिए भने ११ औ मिनेटमा EAST SPORTING ISRAELको तर्फबाट दुर्गा शेर्पा ले गोल हानेको थिए खेलको हाफ समय पछि २१ औ मिनेटमा कृष्ण लिम्बु र २५ औ मिनेटमा दुर्गा शेर्पा ले नै पुन EAST SPORTING israel को तर्फबाट तेस्रो गोल दागेका थिए भने २९ औ र ३० औ मिनेटमा SAMSHARA ISRAEL को तर्फबाट बिनोद तामांगले गोल हाने लगत्तै दुवै टीम बीचको खेल ३-३ गोलले बारबार भएको थियो ।
उक्त खेलको निर्धारित समय १५ -१५ मिनेटको बनाइएको थियो FULL TIME सम्म दुवै टीम ३ -३ गोलले बराबरी थिए ! अन्तिममा UMPIRE को निर्यण अनुसार दुवै टीमलाइ EXTRA ५-५ मिनेटको समय राखिएको थियो उक्त तोकिएको EXTRA ५ -५ मिनेटको अवधिमा SAMSHARA ISRAEL ले बिजय हासिल गरेको थियो ।
EAST SPORTING israel र SAMSHARA ISRAEL बीच भएको ३-३ गोलको बराबरी को कारण अन्तिमम दुवै टिमलाई पेनाल्टी शुट आउटको समय दिएको थियो उक्त पेनाल्टी शुट आउटमा SAMSHARA ISRAELटिमको तर्फबाट राज सापकोटा, मिन्मार शेर्पा, छिरिङ शेर्पा को सामुहिक ३ गोलका कारण पहिलो खेलमा kyc टीम संग् हारको सामाना भोगी सकेको EAST SPORTING israel टीमलाइ सम्सारा टिमले ३-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
११ जुलाई २०१७ शुक्रबारको दिन तेलभिभको हगना फुटबल खेल मैदानमा KYC ISRAEL र SAMSHARA ISRAEL बीच भएको फाइनल खेलमा KYC ISRAELको तर्फबाट बाट ११ औ मिनेटमा सन्दिप राज बन्सीको एक गोलबाट ३ टीम बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा kyc ISRAEL ले SAMSHARA ISRAEL लाइ १-० गोलले पराजित गरेको थियो ।