एनसीसी कतारको प्रथम उपाध्यक्षमा अर्घाखाँचीका ठाकुर कुमार परियारको उम्मेद्वारी

टेक राज थापा
दोहा। गैर आवासीय नेपाली सघं रास्ट्रिय समन्वय परिषद कतारको २०१७ /२०१९ कार्यकालको लागि प्रथम उपाध्यक्षमा उमेदवारी दिएका हुन्।
रोजगारीको सिलसिलामा अर्घाखाँची जिल्लाबाट २००१ मा कतार आएका सन्धिखर्क नगरपालीका वडा नं. १२ मा जन्मिनु भएका ठाकुर कुमार परियारले सन् २००३ देखि निरन्तर रास्ट्रिय समन्वय परिषद कतारको बिभिन्न तह र तप्कामा हाँका स्थापित क्रियासिल विभिन्न सामाजिक संघ सस्थाहरुमा सकृय रहदै आउनु भएका र गैर आवासीय नेपाली संघ कतार च्याप्टरको २०१३ र २०१५ मा कार्य समितिमा रहि काम गर्दै आएको बताउदै २०१५ र २०१७ को कार्यकालमा पश्चिमाञ्चल क्षेत्रबाट सदस्य पदमा रही काम गरेको अनुभव साथै बर्तमान अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष समेत हुन्।
समाजले के दियो भन्दा पनि समाज र देशलाई हामी के दिन सकिन्छ भन्ने एक खाल्को उर्जा शक्ति भएको अहिलेको आबस्यकता भने अनेकतामा एकता युवा शक्तिको आबस्यकता प्रती चिन्तन्न श्रमिकहरुका पक्षमा आफुलाई प्रत्यक्ष संलग्न गराई बटुलेको अनुभवका आधारमा आफुले उमेदवारी दिनु भएको बताउनु भयो।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१७ (२०१९) को प्रथम उपाध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनु भएको हो। यसै गरि मलारानी गाउँपालिका वडा नं. ५ घर भई बिगत २००६ देखि कतारमा कार्यरत अर्घाखाँची सेवा समाज कतारका बर्तमान कोषाध्यक्ष बिष्णु बहादुर कुँवरले खुल्ला सदस्यमा उम्मेदवारी दिएका हुन्। कतारमा स्थापित संघ सस्थाका प्रमुखहरु तथा बुद्धिजिबि व्यावसायिक एबम पत्रकार,मिडियाकर्मी लगायत सम्पुर्णमा नमस्कार साथै कतारमा कार्यरत नेपाली बुबा आमा दाजुभाई दिदिबहिनीहरहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१७ र २०१९० का लागि पंजीकृत सदस्यता लिनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञत प्रकट गर्दै गैर आवासीय नेपाली संघ र कतार च्याप्टरको प्रथम उपाध्यक्ष/ खुल्ला सदस्यमा पदको जिम्मेवारी बहन गर्ने सक्ने सक्षम रहेको जिकर गर्दै दुवै जनाको भनाई रहेको छ।
कतारमा कार्यरत गैर आवासीय नेपालीहरुको हक हितको आगि सधै आवाज उठाउने काम गर्ने तत्पर रहेको बताउदै हार्दिक अपिल गर्दै अबसरको लागी यहाँ दुबै जानलाई भोट दिएर सहयोग गर्न निमित्त यहाँ सबैमा हार्दिक अपिल गरेका छन्।
दुबैले सामाजिक संजाल मार्फत उम्मेदवारी सार्बजनिक गर्दै उददेश्य प्रतिवदातालाई आधारिक सहित पेश गरेका छन्।
उहाँका प्रतिबद्धताहरु
१- सस्थाको मुख्य उदेश्यलाइ ब्यबहारिक रुपमा उतार्न र कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुको अपनत्व हुने गरि संगठनलाई अझै श्रमिकमुखी बनाउने काम गर्न प्रेरित गर्ने।
२- श्रमिकको हक हितको लागि र पिडितको न्यायका लागि अझै बृहत खाले अवधारणा ल्याई सम्बन्धित कम्पनि र दुतावास सँग समन्वय गरि समस्याको समाधन गर्न पहल गर्ने ।
३-दोहामा स्थापित सामाजिक, बैचारिक, धार्मिक, साहित्यिक, कला सांस्कृतिक, खेलकुद र पत्रकारिता लगायतका संघ संस्थाहरु संगको सम्बन्धलाई अझै प्रगाड बनाउदै सामाजिक कार्यहरुमा संगै अगाडी बढ्न विभिन्न खाले रचनात्मक एवं उपलब्धिमुलक कार्यक्रमहरु ल्याउन भूमिका निर्वाह गर्ने ।
४- कतारमा अहिले पर्यटकीय गन्तब्य भएको देश भनेर आफ्नो पहिचान गराउदै गर्दा हाम्रो देश नेपाल पनि पर्यटकीय देशहरु मध्ये कै सुन्दर देश हो भनेर चिनाउनका निम्ति हाम्रो देशमा खाडीका पर्यटको लैजाने खाले कार्यक्रमहरु ल्याउन बिशेष पहल गर्ने।
बिशेष आभार सहित ,उम्मेद्वारी ठाकुर कुमार परियार प्रथम उपाध्यक्ष खुल्ला सदस्य बिष्णु बहादुर कुँवर एनआरएनए सिसि कतारको लागि  उम्मेद्वरी दिएका  हुन् ।