वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण

  केशब पोखरेल/दक्षिण कोरिया

 अर्घाखाँची सम्पर्क मंन्च दक्षिण कोरियाको पहलमा संकलन गरिएको राहत रकम वाढिबाट अति प्रभावित पुर्वि जिल्ला सप्तरिकाे टिलाहिटि कैलालिको बस्ति निर्माणको लागि दिईएको छ |

 न्युज 24 टेलिभिजन र जनता विकास वैंकको सहकार्यमा संचालित वस्ति निर्माण अभियानको लागि मन्चले संकलन गरेको एक लाख ऊन्नाईस हजार पाँच रुपैया न्युज 24 टेलिभिजनको चर्चीत कार्यक्रम “सिधा कुरा जनतासंग” मार्फत हस्तान्तरण गरिएको छ | 


उक्त रकम लेखानिरिक्षण अधिकृत सुदन कुमार पोखरेलले हस्तान्तरण गरेका थिए |मन्चका ऊपाध्यक्ष मिनराज पोखरेलको संयोजकत्वमा ऊक्त रकम संकलन गरिएको थियो | यसअघिपनि अ. खा सम्पर्क मन्चले विभिन्न सामाजिक एंव परोपकारि कार्यक्रमहरु संचालन गर्दै आएको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेल ले जानकारि गराए|