केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)

यूवराज थापा 
तेलभिब्, इजरायल । इजरायलमा हुन् गहिरहेको बलिहाङ  कप २०१७ फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न भएको छ । 
लिम्बु जातिहरुको  बलिहाङ पर्वको उपलक्ष्यमा हुन् गहिरहेको यस बलिहाङ  कप २०१७ फुटवल प्रतियोगितामा ६ टिमका क्यापटेनहरुको  सहभागी रहेको थियो !सहभागी हुने टिमहरुको नामावली येस प्रकार छन् :-
१ -सम्सारा युथ क्लब 
२ -इस्ट स्पोर्टिंग क्लब 
३ -माउन्ट एभरेष्ट क्लब 
४ -के वाई सी क्लब 
५ -कायपलट क्लब 
६ -दार्जिलिङ युनाइटेड क्लब 
१६ सेप्टेम्बर शनिवारको दिन  तेलभिवमा भएको पत्रकार सम्मेलनमा खेलको टाइसेटको लागि ६ टिमका  प्रत्येक  क्यापटेनहरुलाई गोलाप्रथा थुताएर कुन टिम को संग खेल्ने भन्ने तालिका छुटाईएको थियो र आयोजकले एस अनुसार टिमहरु खेलाउने निर्णय गरेको छ –
A- ग्रुप बाट पहिलो टिम VS तेस्रो टिम बीच खेल  हुने छ 
B- ग्रुप वाट दोस्रो टिम VS चौथो टिम बीच खेल हुने छ 
बलिहाङ  कप २०१७ फुटवल प्रतियोगितामा  ६ टिमले भाग लिएका छन उक्त ६ टिमले सहभागी हुने  टिमको  आधारमा पाचौ र छैठौ नम्बरमा पर्ने टिमहरुले बाइ पाउने आयोजकको भनाइ छ ।
१६ सेप्टेम्बर शनिवारको दिन  तेलभिवमा भएको पत्रकार सम्मेलनमा आयोजकले येस प्रतियोगितामा सहभागी हुनु भएका टिमहरु गोलाप्राथाको आधारमा कुन टिम कुन टिम क्लब संग् खेल्ने भन्ने बिज्ञप्ति बाहिर ल्याएको छ :-
हेर्नुहोस कुन टिम- कुन टिमक्लब संग् भिड्ने भन्ने बारेमा जनाकारी लिनुहोस् :-
A-पोल बाट खेल्ने टिमहरु  रहेका छन् 
-दार्जिलिङ युनाइटेड क्लब VS सम्सारा युथ क्लब 
B-पोल बाट खेल्ने टिमहरु  रहेका छन् 
-के वाई सी(KYC) क्लब VS कायपलट क्लब  
बलिहाङ  कप २०१७ फुटवल प्रतियोगितामा बाइ पाउने टिमहरु रहेका छन :-
१ -माउन्ट एभरेष्ट क्लब 
२-इस्ट स्पोर्टिंग क्लब 
एस खेलमा A र B पोल बाट बिजय हासिल गर्ने टिम प्रतियोगिता बाइ पाउने टिमहरु संग भिडने छन ,
जुन टिमहरुले  बाइ पाउनु भएको छ उक्त टिमहरु A र B पोलबाट बिजेजा टिमहरु बीच सेमिफाइनल खेल हुने छ ।
आयोजकको भनाइ अनुसार बलिहाङ  कप २०१७ फुटवल प्रतियोगिता कुन खेल मैदानमा आयोजना गर्ने भन्ने अझैसम्म निष्कर्ष न निकालेको हुनाले केहि दिन पछाडी सबै टिमका क्यापटेनहरुलाई जनाकारी गराउने प्रतिबद्धता गरेको छ ।
बलिहाङ  कप २०१७ का नियम हरु :-
१ – बलिहाङ कपमा सहभागी हुने चाहाने टिमले प्रेश मिटको दौरान टिम दर्ता शुल्क  १५०० सेकेल र २०० सेकेल गरि  १७०० सेकेल आयोजकलाइ बुझाइ आफ्नो टिम दर्ता गर्नु पर्ने छ !खेलको दौरान कुनै पनि खेलाडीले फल खेली अम्पायरले पहेलो कार्ड दिएमा २५ सेकेल र रातो कार्ड दिएमा ५० सेकेल जरिवाना लाग्नेछ र उक्त रकम डिपोजिट गरेको रकम बाट काटेर डिपोजिट पिर्ता गरिने छ ।
२ -एस प्रेश मिट लगत्तै सहभागी टिमहरु गोला प्रथा गरि पोल छुटायाइने छ र गोला प्रथा बाटै टाईसिट प्रेश मिटमै निकालिनेछ ।
३ – प्रतियोगितामा सहभागी हुने टिमहरुले अनिवार्य रुपमा जर्शी र जुत्ता लगाउनु पर्ने छ ।
४ -खेलाडी संख्या अतिरिक्त सहित १० (७ + ३ )जना हुनु पर्ने छ र साथ्मा टिम कोच र टिम मेनेजरगरि १२ सदस्यीय टिम हुनु पर्ने छ ।
५ – खेलको अवधि जम्मा ६० मिनेट हुनेछ जसमा पहिलो र दोश्रो हाफ २५ – २५ मिनेटको हुने छ भने १० मिनेट रेस्ट समय हुने छ ।
६ एदी खेल बराबरी भएमा पेनाल्टी शुट आउट बाट खेलको नतिजा निकालिनेछ ।
७ -खेलमा रेफ्री र सहायक रेफ्रीको निर्णयलाई सम्पूर्ण खेलाडी तथा टिमले आत्म साथ् गर्नु पर्ने छ !खेलमा कुनै बाद विवाद भएमा रेफ्री सहायक रेफ्री र आयोजक को निर्णय नै अन्तिम निर्णय हुने छ र उक्त निर्णयमा  असन्तुष्टि जाएर गर्दै खेललाइ प्रभावित् गर्ने गरे या खेललाइ  प्रभावित पारे आयोजकले उक्त टिमलाइ प्रतियोगिता बाट बाहिर गर्ने छ ।
८ -समय र परिस्थितिलाइ मध्यनजर गर्दै तोकिएको समयमा कुनै एक टिम खेल मैदानमा उपस्थित नभए १५ मिनेटको थप समय दिइने छ  उक्त समय भित्र पनि उपस्थित हुन् न सके उपस्थित टिमलाइ बिजेता घोसित् गरिनेछ ।
९ -खेल अवधिभर खेलाडीहरुलाई कुनै पनि किसिमको चोटपटक लागेमा खेलाडी स्वयंम वा टिम जिम्वेवारी हुने छ ।
बलिहाङ  कप २०१७ फुटवल नक आउट प्रतियोगिताको पुरस्कार बिवरणहरु :-
-प्रथम पुरस्कार :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद -५००० सेकेल 
-दोस्रो पुरस्कार :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद- ३००० सेकेल 
-उत्कृष्ट खेलाडी :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-उत्कृष्ट डिफेन्स :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-उत्कृष्ट किपर :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-उत्कृष्ट गोलकर्ता  :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-सर्बाधिक गोलकर्ता :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-म्यान अफ द म्याच :- ट्रफी ,मेडल ,प्रमाण पत्र  र प्रतियोगिताको सवै खेलमा म्यान अफ द म्याच छनौट गरिने छ ।