नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)

हरि रोका मगर
दिल्ली भारत । नेपाल र नेपालीहरुको हकहितका लागि दिल्लीमा स्थापित सामाजिक संस्था नेपाली देशभक्त आवाज ले भारतको हिमाचल प्रदेश स्थित रोहडुमा नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गरि बडा दशै मनाएको छ । 
हिमाचलको रोहडुमा काम गर्न आएका र त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु माझ चेलीबेटी बेचबिखन र नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्य को साथमा दशै विशेष कार्यक्रम को आयोजना गरि संदेश तथा जनचेतना मुलक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा चर्चित गायिका तथा नायिका प्रीति आले मगर र गायक राम गहतराजको बेजोड प्रस्तुति रहेको थियो साथमा नयाँ डान्स ग्रुप रोय ओलि हिना ओलि राधिका थापा र सलमान खानको प्रस्तुती रहेको थियो कार्यक्रम दशैको दिन भएको हुनाले दर्शकहरुको कम उपस्तिथि को बाबजुद पनि  कलाकार हरुले उपस्थित  दर्शकहरुलाइ भरिपूर्ण मनोरञ्जन दिन सफल रहेका छन भने नेपाली देशभक्त आवाजले आफ्नो कार्य   को संदेश दिदै कार्यक्रम लाई शान्ति पुर्ण सफल बनाएको छ ।
 कार्यक्रम लाई सफल बनाउन कलाकार कमल सिजापती, भरत क्षेत्री, लक्ष्मण क्षेत्री विजय थापा,राहुल थापा लगायत थुप्रै नेपाली हरुको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा अध्यक्षता बिजय थापा को रहेको थियो सभापति बाबु रोका मगर र कार्यक्रम संचालन लक्ष्मण क्षेत्री ले गरेका थिए ।