केशब पोखरेल
दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मन्च कोरियाले आयोजना गर्न लागेको सुपादेऊरालि सांगेतिक सौगात भाग १ को सम्पुर्ण तयारी पुरा भएको आयोजक कमिटिले जनाएको छ ।
“सम्पुर्ण तयारि पुरा भईसक्यो केहि कलाकारहरु आईसक्नु भयो केहि भोलिबिहान सम्ममा आईपुग्नु हुन्छ” मन्चका अध्यक्ष दिनामणि पौडेलले भने ।
लुम्बिनि आवास गृयको स्थापनार्थ हुन लागेको उक्त कार्यक्रममा नेपाल आईडल का चर्चित गायकहरु सागर आले, सुरज थापा, लोकगायक रामजि खाण, लोकदोहोरि गायिका सम्झना लामिछानेमगर, चर्चित डान्सर रश्मि तामाङ र एक सय भन्दा बढि व्यक्ति को क्यारिकेचर गर्ने हास्यब्यङ्ग कलाकार दिनेस काफ्लेको बेजोड प्रस्तुति रहने आयोजक कमिटिले जानकारि गरायको छ ।
दोङ्तेमुन ट्रेन स्टेसन गेट न. 3 बाट कार्यक्रमस्थल जानको लागि बसको ब्यबस्था समेत गरिएको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेलले जानकारि गराए ।
कार्यक्रम निम्न स्थानमा हुने र कोरियावासि सम्पुर्ण नेपालि दाजुभाई दिदिबैनि हरुलाई ऊपस्थितिका लागि समेत अनुरोध आयोजक कमिटिका सदस्य कृष्ण खनालले गरे ।
स्थान :100주년 기념관,서울시 종로 대학로 3 길 29
सऊल 1 नम्बर ट्रेन लाईनको जोङ्नो ओ गा स्टेसनको गेट नम्बर 2 देखि हिडेर 5 मिनेट