सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन

 चौधरी ग्रूपले सर्वियाबाट वाइवाइ चाउचाउको उत्पादन थालेको छ । नेपाली ब्राण्ड वाइवाइलाई यूरोपेली बजारमा पु¥याउने क्रममा चौधरी ग्रूपले सञ्चालन गरेको सो प्लाण्टको बिहीवार आयोजित एक कार्यक्रमबीच सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले सर्वियाको रुमामा स्थापित वाइवाइ चाउचाउको प्लाण्टको उद्घाटन गरेका हुन् । वाइवाइले सर्वियाको रुमास्थित प्लाण्टबाट व्यावसायिक उत्पादनसमेत शुरू गरेको थियो ।
उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेको चौधरी ग्रूपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वाइवाइले सर्वियाको रोजगारी सृजनासमेत महŒवपूर्ण योगदान गर्ने विश्वास राष्ट्रिपतिले व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायतको उपस्थिति थियो । यूरोपेली बजारमा वाइवाइको प्रवेशका लागि सर्विया प्रस्थान बिन्दु बनेको बताउँदै अध्यक्ष चौधरीले वाइवाइको विश्वव्यापीकरण अभियानमा यो कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष चौधरीले सर्वियामा उत्पादित वाइवाइ यूरोपभरको बजारमा वितरण हुने जानकारी दिए । कच्चापदार्थ र दक्षजनशक्तिको उपलब्धता एवम् उत्पादनको लागत मूल्यलगायतको विश्लेषणका आधारमा सर्विया आफ्नो ग्रूपका लागि यूरोप प्रवेशको रणनीतिक केन्द्र बनेको पनि उनले बताए । उक्त प्लाण्टमा वाइवाइ उत्पादनका लागि हाल अन्तरराष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेशिनको प्रयोग गरेको बताएको छ । यस प्लाण्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापक छन् भने ४ सयभन्दा बढी सर्वियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्ने ग्रूपले बताएको छ । 
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले रुमाबाट नजिकै यूरोपका थुप्रै ठूला बजार रहेकाले यहाँ उत्पादित वाइवाइलाई यूरोपको बजारमा प्रवेश गर्ने प्रवेशद्वारका रूपमा लिएको बताए । 
सीजीकर्प ग्लोबलले विश्वका ३० देशमा पूर्वाधार निर्माण, आतिथ्य सत्कार, वित्तीय क्षेत्र, खाद्य तथा पेय, इलेक्ट्रोनिक, जलविद्युत्, शिक्षालगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।