( पहिलो प्रकासित मिती: २०७४ आश्विन २०, शुक्रवार)
केशब पोखरेल
दक्षिण कोरिया । नेपाल आईडलमा टप ६ बाट बाहीरिएका सुरज थापा र टप ४ बाट बाहिरिएका सागर आलेले कोरियाको राजधानी सऊल स्थित चुङ्रर्याे ओ गामा रहको फेग जु न्यन गिन्यमग्वान हल तताएका छन ।
अर्घाखाँचि सम्पर्क मन्च कोरियाद्वारा आयोजित सुपादेउरालि सांगेतिक सौगात भाग १ मा आफ्नो प्रस्तुति देखाऊन आएका ति कलाकारहरुले हजारौ दर्शक हरुलाई मन्त्रमुध्व पारेका थिए । सुरज थापाले “आमैले सोध्लिनि खै छोरो भन्नलिन “भन्ने गित गाऊँदा दर्सकहरु भाबुक बनेका थिए । त्यसै गरि सागर आलेले सालै जो बोलको गित गाईरहदा सम्पुर्ण दर्सकहरु मन्चमै ओर्लिन थालेपछि दर्सकहरुलाई रोक्नआयोजक टिमलाई हम्बे हम्बे परेको थियो ।
ऊक्त कार्यक्रममा लोकदोहोरि गायिका सम्झना लामिछानेमगर, लोकगायक एंव मोडल रामजि खांण,हाँस्यकलाकार दिनेश काफ्ले र मोडल रश्मि तामाङले पनि आफ्नो दमदार प्रस्तुति देखाएका थिय ।
ऊक्त कार्यक्रम का प्रमुख अतिथि कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह रहेका थिए ।