युवराज के.सी
बहराइन । बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुले एउटै कम्युनिस्ट वाम पार्टी एकता निर्माण गर्ने निर्णयको स्वागत गरेका छन् ।
शुक्रबारको दिन बहराइनको राजधानी मनमा नेपाली रेस्टुरेन्ट सित्तल होटेको सभाहलमा प्रवास बहराइनमा रहेका तीन वैचारिक संगठनहरु: प्रवासी नेपाली मञ्च (नेकपा एमाले), नेपाली जनप्रगतिशील मन्च बहराइन (माओवादी केन्द्र) र अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति नेपाल) को संयुक्त छलफल सम्पन्न भएको थियो।
उक्त तीन वैचारिक संगठनहरुको संयुक्त छलफलले नेपालमा हालै मात्र तीन दल नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले आगामी प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनमा कम्युनिस्ट वाम शक्तिहरु बीच चुनावी तालमेल तथा गठबन्धन गर्दै निकट भविस्यमै कम्युनिस्ट वाम शक्तिहरु बृहत ध्रुवीकरण गरेर एउटै कम्युनिस्ट वाम पार्टी एकता निर्माण गर्ने निर्णयको संयुक्त रुपमा स्वागत गर्दै सम्पूर्ण कम्युनिस्ट वाम बिचारधाराप्रती आस्थावान प्रवासीहरुलाई यस ऐतिहासिक अभियानमा सरिक हुन हार्दिक आव्हान गरेको छ।