अर्घाखाँची डटकम सम्वाददाता
दिल्ली । कलियुग हो यहाँ आफ्नाले आफ्नैलाइ नै चोट दिएपछि पिडित भएकि कपिलवस्तु विरपुर निवासी बर्ष ३५ कि वेनिका पौडेल (बिष्णु सुवेदी) लाई नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले उद्दार गरेका छन् ।
कामकै शिलशिलामा काठमाण्डौ कलंकी स्थित राधेश्याम भन्ने एक ब्याक्तिको घरमा काम गरेकी तर त्यहाँ बाट पनि काम गरेको दुइ महिनाको तलब नदिएपछि फर्केकी थिइन् घरको अबस्था नाजुक भएको कारण छोरी पढाउने खर्च जुटाउन कामको लागि भौतारिएको बताउछिन |
केहि सिप नलागेपछि आफ्नै देउरानी सीता सुवेदी संग कुरा गरेर कामको लगाइदिन अनुरोध गरेकी थिइन् सिता सुवेदीले काममा लगाइदिन्छु आउनु भनेर भारतको हिसारबाट खबर गरेपछि पिडित बिष्णु सुवेदी कामको लागि भारत चार दिन अघि दिल्ली को बस चढेकी थिइन उनलाइ सुपा देउराली ट्रावल्सले दिल्ली सम्म पुर्याएको बताउछिन हेर्दा अस्वस्थ बोली स्पष्ट नभएको उनलाई देउरानी सीता सुवेदिले काम लगाइदिने कुरो भएपछी हिसारको लागि हिडेकी थिइन तर उनी दिल्लीमा उत्रिइन किनकी उनलाइ थाहा थिएन हिसारको लागि कहाँबाट कसरी जाने भन्ने कुरा ? उनी सरोजी नगरको पकोडा मार्केट उत्रिए पछि पिडित सुवेदिले आफ्नी देउरानिलाइ कयौंपटक फोन लगाइन तर उताबाट फोन नउठेपछि परेशान भइन धेरैबेरपछी ट्रावल्सका प्रतिनिधि मोहन सारु बाट फोन गराएपछी फोन उठ्यो तर उनिहरुले बेवास्ता गरेको मोहन सारुले बताए पिडितको यस्तो अबस्था देखेपछी मोहन सारुले साँझा ६ बजे नेपाली देशभक्त आवाजका प्रतिनिधि बाबु रोका मगरलाइ जानकारी गराएपछि तुरुन्तै एक्शन लिइयो बाबु रोकाले पनि पिडित बिष्णु र सीता सुवेदी संग कुरा गरे सीताले भनिन मैले बोलाएकी थिए आज रातभरी राखिदिनुहोस हामी भोलि लिन आउछौ भन्ने कुरा भएपछी बाबू रोकाले संस्था का प्रतिनिधि निरन्जन महोत्रा परिवार सहित बस्नु भएको हुनाले पिडितलाई राख्न सहज हुने भएकोले निरन्जन लाइ आजको रात राख्न जिम्मेवारी दिए त्यसको केहिबेर पछि सिताको फोन स्विच अफ भएको थियो |

पिडित महिलाको घरमा एउटि १४ बर्षकी छोरी छिन भने उनका श्रीमान भारतमा कार्यरत तर सम्पर्कबिहीन भएको बताएकी छिन । उनि भन्छिन मलाइ यहाँ सम्म बोलाएर अलपत्र पार्ने सिता सुवेदीलाई आबश्यक कारवाही गर्न माग राखेकी छिन भने सबै संग आफुलाई सक्दो सहयोग को अनुरोध गरेकी छिन |
सिता सुवेदी संग निरन्जन महोत्राले पनि कुरा गरेका थिए सीताले निरन्जन संग मैले बोलाएकी होइन उनि आफै आएकी हुन् भन्ने कुरा गरिन तर सिता सुवेदीले दुवैजना संग अलग-अलग कुरा गरेपछि शंकाको बिषय बनेको छ । आखिर किन फोन अफ गरियो र पिडित बिष्णु सुवेदीलाई उनीहरुले खोज तलाश किन गरेनन? ४८ घण्टा बितिसक्दा पनि फोन अफ गरि बसेका उनका आफन्तहरुबाट कुनै खोजतलास नभएपछी आज पिडितलाइ उनको चाहना अनुरुप सुपा देवीदेउराली टुर एण्ड ट्रावल्स मार्फत उनको घर कपिलवस्तु पठाइएको छ ।