काठमाण्डौमा भएको गैर आवासिय नेपाली संघ एनआरएनको आठौ महाधिवेसनले भवन भट्टलाइ अध्यक्षमा निर्वाचित गरेको छ। निर्वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना घले भवन भट्टको अध्यक्षमा प्रतिसप्रधा भएको थियो।
निर्वाचनमा भवन भट्टले ११ सय ६५ भोट प्राप्त गरेका थिए पनि जुमुना घलेले ६ सय ९८ मत प्राप्त गरेकी थिइन। जम्मा १७ सय ५४ मत खसेको बताइएको छ।
संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्षमा सपिला भण्डारी, महासचिवमा डा बद्री केसी, सचिवमा डिबि क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा बिजयी भएका छन। शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार बेलुकाबाट सोमबार बिहानसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।
सम्मेलनमा १ हजार ८ सय ५४ जना मतदाता रहेका थिए। एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न नसकेपछि निर्वाचन गरिएको थियो। भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गरेका थिए। सेतोपाटीमा समाचार छ ।