राजु खनाल
“धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माण का लागि सहयोगार्थ ” भन्ने ब्यानरका साथ गसर अल अरब को हल जाबेर रोड ,रियाद साउदी अरब मा आउदो १७ नोभेम्बर २०१७ शुक्रबारको दिन दिनको एक बजे वाट हुने धुर्मुस – सुन्तली साझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्प्रेस को संयुक्त आयोजना मा हुन लागेको सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली )को बिशेष प्रस्तुतिका साथै अन्य चर्चित कलाकारहरु रबिन सुब्बा, दिपक बिक,राम तिवारी लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नृत्य, गित, गजल र हास्यब्यंग कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ ।
कार्यक्रम प्रत्यक्ष अबलोकन गर्नको लागि तिन थरीका टिकटहरु उपलब्ध गराइएको छ । २५०० देखि ३००० सम्मले अबलोकन गर्ने अनुमान गरिएको कार्यक्रमको लागि १५०० टिकट बिक्रीको लागि पठाईएको पारिबारिक समाजका अध्यक्ष अमृत पौडेलले बताए ।
नेपाली राजदूताबास साउदी अरबका राजदुत डा. महेन्द्र प्रसाद सिंहको बिशेष उपस्थितिमा हुने कार्यक्रम हेर्नका लागि रियाद अलखार्ज , दम्माम जुबेल जेद्दा अल कसीम लगायतका क्षेत्रबाट रोजगारको सिलसिलामा साउदी अरव आएका नेपालीहरुको बाक्लो उपस्थिति रहने र रियाधको बथाह देखि बसको समेत ब्यबस्था मिलाईएको पारिबारिक समाजका महासचिव अरुण बेलबासेले जनाएका छन् ।
बेलबासेका अनुसार कार्यक्रम मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिनेछ ।
सामाजिक अभियन्ता धुर्मुस सुन्तलीलाई कार्यक्रममा उपस्थित भई सम्मान गरिदिनका लागि साउदी अरेबिया बासी नेपालीहरुलाई आयोजक समितिले बिनम्र अनुरोध गरेको छ ।