अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न

बसन्त आचार्य 
युएई । अर्घाखाँची सम्पर्क समिति युएई  (दुबई क्षेत्रीय ) समितिले हरेक वर्ष जस्तै यस बर्ष पनि अङ्ग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा भेटघाट शुभकामना तथा पिकनिक  कार्यक्रम सम्पन्न गरेको छ । 
युएईको फुजेरामा सम्पन्न गरेको छ उक्त  कार्यक्रममा रसलखेमा तथा  सारजहा  क्षेत्रीय समितिका पदाधिकारी लगायत दर्जनौ अर्घाखाँचीबासीहरुको उपस्थिती रहेको थियो । 
उनिहरुले नयाँ वर्षको अवसरमा एक आपसमा सु-स्वास्थ दिर्घायु तथा उतर उतर प्रगतिको कामना आदान – प्रदान गरेका थिए । साथै संगित गीतबाट रमाइलो गरेका थिए ।