लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न

पहिलो प्रकासित मिती: पौष २६, २०७४ 
बुटवल ।  सिमसार क्षेत्रमा आश्रीत पानी चराहरुको वितरण र अवस्था पत्ता लगाउनुका साथै संरक्षणमा स्थानिय समुदायलाई सहभागी बनाउन र जन चेतना अभिवृद्धिका लागि हरेक वर्ष गरीने जल पन्छीहरुको अनुगमन र गणना लुम्विनीका सिमसार क्षेत्रमा पनि सम्पन्न गरीएको छ । 
नेपाल पन्छी संरक्षण संघ र ग्रिन युथ लुम्विीनको संयुक्त आयोजनामा लुम्विीनको मायादेवी मन्दिर परीसर र गैडातालमा जल पंक्षीको गणना गरीएको ग्रिन युथ लुम्विीनका अध्यक्ष अर्जुन कुर्मीले बताय । उत्त गणनामा मायादेवी मन्दिर परीसर क्षेत्रमा २९ प्रजातीका ८१० र गैडातालमा १२ प्रजातीका १०० को संख्यामा चराहरु गणना गरीएको गणना कार्यक्रमका संयोजक नेपाल पन्छी संरक्षण संघका अनुसन्धान सहायक इश्वरी चौधरीले बताय । गणनामा विश्वमै दुर्लभ सारस, लोभीपापी गरुड र घुगीफोर गरुड पनि देखीएका थिए । 
प्रत्येक वर्ष अंगे्रजी महिना जनवरीमा गरीने यस गणना कार्यक्रममा स्वयमसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ सस्थाको सहभागिता हुने गर्दछ । यस वर्ष पनि जनवरी ६ देखी २१ अथवा पौष २२ देखी माघ ७ सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदिका भागहरुमा जल पन्छीहरुको गणना गरीरहेको नेपाल पन्छी संरक्षण संघका वरीष्ट संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । 
अधिकांश जल पंछीहरु हिउँद यामको सुरुवात सँगै बढ्दो जाडो छल्न, अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने गर्दछन भुसालले थपे । नेपालमा विभिन्न सिमसार क्षेत्रहरुमा आश्रित पानीचराहरु पछिल्ला दशकहरुमा खाँसगरी बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिदो तापमान र मौषम परिवर्तन जस्ता कारणहरुले संकटमा पर्दै गईरहेको नेपाल पन्छी संरक्षण संघका जिव विज्ञ अंकित विलाश जोशीले बताय ।
 लुविनी क्षेत्रका सिमसार क्षेत्रहरु प्रायस अतिक्रमण भई कतै खेत, इटा भट्टि र घडेरीमा परिणत भएका छन भने कतै माछा पोखरीमा सीमित हुदै गएको र वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादी बगी सिमसारमा मिसिनाले नासिदै गएकोले आफुहरु चिन्तित भएको ग्रिन युथ लुम्विीनका अध्यक्ष अर्जुन कुर्मीले बताय । यिनीहरुको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ साथै दिर्घकालिन संरक्षण स्थानिय समुदाय, परम्परागत जाती, संरक्षण समुहहरु, राजनैतिक शक्ति, सरकारि, गैरसरकारि र निजी क्षेत्रको समन्वयात्मक क्रियाशिलता, एकिकृत सोच, अवधारणा र कार्यक्रमहरु बाट नै सम्भव भएको संरक्षणकर्मिहरुले औलाएका छन ।