टेक राज थापा
कतार । अर्घाखाँची सेवा समाज कतारले २१ औ बैठक सम्पन्न गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा संस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिंह विशेष सल्लाहकार जितेन्द्र पाण्डे साथै कार्यसमिति तथा जिल्ला बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।
भूमिकास्थान नगरपालिका – ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिरहेकी छन । जलजलाको घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले सहयोगको लागि विभिन्न सामाजिक सञ्जालहरु निजको परिवारले अपिल गरेका थिए ।
उनी प्रतिस्पर्धी नेपाली तारा सिजन ३ कि उज्ज्वल एक तारा पनि हुन । समाजले शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको छ । उक्त बैठकमा उपस्थित जिल्ला बासी सुभचिन्तहरुबाट आर्थिक रकम सङ्कलन गरि सस्थाको अध्यक्षलाई हस्तान्तरण गरि उक्त पीडितको बैंक खाता जम्मा गर्ने जिम्मा दिएको थियो ।
अन्तमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णमा सहयोगीहरु प्रति विशेष धन्यवाद प्रकट गर्दै सौहार्द बाताबरण सम्पन्न गर्नु भएको थियो । बैठक सञ्चालन महासचिव टेक राज थापाले सञ्चालन गर्नु भएको थियो ।
उक्त बैठकमा विभिन्न ब्याक्तित्वहरुबाट सङ्कलित रकम क.री ६१८/- यसै सस्थाका अध्यक्ष मार्फत पीडित Account holer name of जलजला परियार नारायण बहादुर दर्जीको खाता नेपाली १७ हजार १६ रुपैया उन्चालीस पैसा Sanima Bank Naxal main branch जम्मा गरेको छ ।