रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली अलपत्र (भिडियो सहित)

टेक  राज थापा
कतार ।बैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका २३ नेपाली अलपत्र परेका छन् । काठमाडौं स्थित  प्रिंस अन्तरराष्ट्रीय रोजगार सेवा प्रा. लि बाट सात महिना अगाडी साउदी अरब पुगेका नेपालीहरु बिचल्लीमा परेका हुन ।
पिडितहरुको अवस्था  भिडियोमा ।
साउदी अरब स्थित  Emprator Solution Contracting Est. कम्पनीमा कामदारको रुपमा मिठो सपना बोकेर मुग्लान पुगेका नेपालिहरुले पुगे लगतै अहिलेसम्म कम्पनीले न त खानाका लागि पैसा दियो न त ज्याला कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पीडित रामजतन कामती भन्छन, आएको भोलिपल्टबाट काम आज दिन छु भोलि दिन्छु भन्दै आज ७ महिना बितिसक्दा पनि हामिले कम्पनीबाट केहि पाएका छैनौ, हामीहरुको पनि घरमा बालबच्चा परिवारलाई छोडेर उनिहरुको उज्ज्वल भबिस्यको  लागि बिदेश आईयो न त माम खान पाईयो न त काम घर फर्कन चाहन्छौ भन्दा पनि कम्पनीले कुनै चासो नदेखाएको बारे दुखद व्यक्त गरे । उनले खानाको लागि पनि समस्या रहेको बताए ।
केही राहत मिल्छ कि भन्ने हेतुले नेपाली राजदुतावासमा पट्क पट्क गएतापनि कुनै आश्वासन न पाएको र साउदी अरबको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए । त्यसैगरी पिडित मध्येका उमेश उरावले दशऔला जोड्दै भन्ने हामीलाई पटक पटक पुलिस पकड्ने र छोड्ने गर्दछ अहिले सम्म ४ पटक लगीसकेको र फिंगर प्रिन्ट  गराई छोडिदिने गरेको  बताए  ।
उनि थप्छन म्यानपावरमा  सम्पर्क  गर्दा  पनि  कुनै सहयोग नपाएको एउटा सानो कोठामा सुख दु:खद गरि कष्टकर जिवन बिताउन बाध्य छौ । हामीलाई सम्पर्क गर्न चाहानु हुने ब्यक्तिहरुले यस नम्बरमा +966 57 859 3786 सम्पर्क गर्न सक्नु हुन्छ । पिडितहरुले सहयोग गरिदिनका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय सबैलाई अपिल गरेका   छन् । पिडितहरुले नेपाल फर्कनका पहल गरिदिन विभिन्न सामाजिक संघ-संस्था, मिडिया, मार्फत यस सन्देशलाई सम्बधित निकाय तथा सरोकरवाला सम्म पुराई दिन अनुरोध गरेका छन ।
अल्पत्र पर्नेहरुमा  राम जतन कामती सिरहा , युधिर कामती -लक्ष्मीपुर पतारी -१, सिरहा,राम कुमार उराव – महनौर अर्नामा – १ ,सिरहा , देब कुमार उराव -महनौर अर्नामा -१ सिरहा , परमेश्वर उराव -महनौर अर्नामा -१ सिरहा , प्रभात कुमार उराव -महनौर अर्नामा -१ सिरहा , सन्जू उराव -महनौर अर्नामा -१ सिरहा , रंजीत उराव – महनौर अर्नामा -१ सिरहा , संजय कुमार उराव – महनौर अर्नामा -१ सिरहा , नबीन कुमार उराव – महनौर अर्नामा -१ सिरहा , सगमलाल उराव – महनौर अर्नामा -१ सिरहा ,मुनेश्वर उराव – बरहमपुरी अर्नामा -२ सिरहा  रहेका छन् ।
त्यस्तै हेमन्ता उराव – भोक्राहा-४ सुनसरी , पबन उराव – भोक्राहा-४ सुनसरी ,राम लाल उराव – भोक्राहा-४ सुनसरी ,रंजीत उराव – भोक्राहा-४ सुनसरी, कालो उराव – भोक्राहा-४ सुनसरी , संदेब उराव – भोक्राहा-४ सुनसरी , पुष्पलाल उराव – गडही-४ सुनसरी ,अशोक कुमार उराव – गढ़ी-४ सुनसरी ,सीताराम उराव – दुहबी-८ सुनसरी ,बोवालाल उराव – रंगेली -२ मोरंग ,उमेश उराव -बरहा – ८ सुनसरी रहेका छन ।