हेभी इक्विपमेन्ट व्यवसायी महासंघ प्रदेश नम्बर ५ को अध्यक्षतामा अर्घाखाँचीका बसन्त प्रसाद भुसाल चयन

प्रेमनारायण आचार्य
अर्घाखाँची ९ चैत  । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ प्रदेश नम्बर ५ को अधिवेशनले बसन्त प्रसाद भुसालको अध्यक्षतामा नँया कार्य समितिको गठन गरेको छ । 
बुटवलमा भएको प्रदेश नम्वर पाँचको अधिबेशनले भुसालको अध्यक्षतामा नँया कार्य समितिको गठन गरेको हो । 
जसको उपाध्यक्षमा चक्रपाणि शर्मा, सचिवमा महेश भट्ट, कोषाध्यक्षमा कमलप्रसाद कुमाशी, सहसचिवमा सुनील शाही रहेका छन् । यस्तै सदस्यहरुमा भरत पुन, हिमलाल ढकाल, तारा बेल्वासे, अनिलकुमार गौढ, खेमप्रसाद बुढामगर रहेका छन् । तीन सदस्य पछि थप गरिने पाँच नम्वर अध्यक्ष भुसालले बताउनु भयो । 
उहाले व्यवसायीहरुले नेपालको भौतिक पूर्वाधार निर्माणमा विदेशी नम्बर प्लेटका हेभीईक्विपमेन्टको प्रयोगमा रोक लगाउन माग गर्नु भएको छ । नेपाली व्यवसायीले करोडौ करोड लगानी गरेकाले ति व्यवसायीको लगानीको सुरक्षाका खातिर पनि विदेशी नम्बर प्लेटका सवारी साधनमा बन्देज गर्न व्यवसायीले आग्रह गरेका छन ।
अधिबेशनको प्रदेश नम्वर पाँचका सभामुख पुर्ण बहादुर घर्तीले उद्घाटन गर्नु भएको थियो ।