सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पाको तिनाउ गाउँपालिका– ३, झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पा आउँदै गरेको ना१ ९००५ नम्बरको टिपर अनियन्त्रित भइ दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–२, देउराली बस्ने १७ वर्षीय देवेन्द्र लम्तरीको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिपरमा रहेका अरु चार घाइतेको उपचार भइरहेको छ ।
सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्री सवार थिए । रासस