कतारमा बिभिन्न देशका अलपत्र ८३ जना महिलालाई खाद्यान्न आर्थिक सहयोग

कुमार अविरल पन्थी 
 
कतार । युनाइटे क्लिनिंग कम्पनीमा कार्यरत बिभिन्न देशका महिला पुरुष कामदार बिगत ४ महिना देखी नत माम नत दाम भैई बिच्लित भैइ बस्न बाध्य थिए ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार, नेपाली राजदूतावस,राष्ट्रिय मानव अधिकारको प्रयासमा रेड क्रेसेन्ट कतार,राष्ट्रिय मानव अधिकार समिति क़तारका विभाग अध्यक्ष समेत रहेका मोहम्मद मुक्तदा मुसलमानको विशेष पहलमा पीडितको कैम्पमा गई  आज पीडितलाई खाध्यान्न खर्च स्वरुप प्रति व्यक्ति ३०० कतारी रियलको दरले फुड भौचर हस्तान्तरण गरेको हो ।
   उक्त कम्पनीमा विभिन्न मुलुका महिला पुरुष कार्यरत छन् भने पहिलो चरणमा महिलाहरुलाई राहत हस्तानतरण गरिएको छ जस मध्य ८३ जान महिला मध्य ३४ नेपाली १५ केन्या १२ फिलिपिन्स ९ श्रीलंका २ युगान्डा १ भेयातानाम थिए । हस्तानतरण कार्यक्रमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाँ अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज ,संयोजक प्रो रमजान अलि मियाँ अख्तर हुसैन ,सोहेल अख्तेर अन्सारी, अर्षद खान हमित खान सहभागी थिए ।
कम्पनीमा कार्यरत ६०० पुरुष कामदारहरुलाई भने यहि आउदो आइतबार वा सोमबार दोस्रो चरणमा राहत वितरण गरिने छ । भने अति आवस्यक परेकालाई मेडिकल तथा  क्याम्पेन ब्यबस्थापन गर्ने जस मध्य नेपाली कामदारहरु स्वदेश फर्के चाहेको खण्डमा हवाई टिकटको ब्यवस्था गर्ने घर सम्म पुग्ने गरि गाडिभाडाको ब्यबस्था गर्ने अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान बताए छन् ।