पत्रकार महासंघ कोरिया शाखाद्दारा जथाभावी समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई खबरदारी

केशब पोखरेल
दक्षिण कोरिया । के तपाईं सस्तो लोकप्रियताको लागि अनलाईन माध्यमहरुमा पुराना समाचाहरुमा नयाँ मिति राखेर,हुदै नभएको कुराहरूलाई हो भन्ने पारेर, अरुका लेखरचाहरुलाई स्रोत नखुलाई पोस्ट गरिराख्नुभएको त छैन?  यदि यस्तो कार्य गर्दै आऊनुभएको छ भने होसियार नत्र कानुनि कार्बाहि मा पर्नुहोला ।
यस्ता कार्य गर्नेको पर्दाफाँस गरि कानुनि दायरामा ल्याऊनको निम्ति ऊजुरि दिने तयारिमा पत्रकार महासंघ दक्षिण   कोरिया शाखा लागिपरेको छ ।
केहि समयदेखि अनलाईन माध्यमहरुमा बिगत २/३ बर्ष पुराना समाचारहरुलाई नयाँ मिति राखेर प्रकाशन गर्ने, अन्य अनलाईन माध्यममा प्रकासित भईसकेका समाचार, लेख रचनाहरुलाई स्रोत नखुलाई आफ्नो अनलाईनमा प्रकाशित गर्ने हरुलाई कार्बाहिको दायरामा ल्याऊन आफुहरु लागिपरेको पत्रकार महासंघ कोरिया शाखाका सह सचिव किशन गौतमले जानकारि दिए । पटक पटक सचेत गराऊँदा समेत यस्ता कार्य नरोकिएको भन्दै त्यस्ता व्यक्ति र अनलाईनहरुको बिरुद्वमा ऊजुरि दिनेपनि सहसचिब गौतमले बताए। उनले भने “यस्ता आवाफ फैलाऊने खालका समाचारहरु प्रकासन र बिभिन्न ग्रुरुमा पोस्ट गर्नेहरुको प्रमाण म सँग सुरक्षित  रहेको छ, यस्ता गतिबिधिहरु नरोकिए कार्बाहिको लागि ऊजुरि दिन बाध्य हुने छु । “
त्यसैगरि कोरियामा बिभिन्न संघ संस्थाहरुमा बसि नेपालीहरुलाई ठग्ने अबैधानिक कार्यहरु गर्ने फेक आईडि बनाएर नयाँ मिति राखेर पुराना समाचार राखेर भ्रमित पार्ने कार्य निरन्तर चलिरहे यिनका बिरुद्वमा ऊत्रिने नेपाल पत्रकार महासंघ कोरिया शाखाका उपाध्यक्ष विकास श्रेष्ठले   ले बताए । त्यसैगरि नेपालीहरुले नै नेपालिलाई ठगि रहेको समाचार आईरहेको सन्दर्भमा आफुलाई कसैले ठगेको भए प्रमाण सहित पत्रकार महासंघ कोरिया शाखामा सम्पर्क गर्न समेत उपाध्यक्ष श्रेष्ठ   ले अनुरोध गरे ।
महासंघका अध्यक्ष खेम कार्कीले कोरियामा नेपाली समाजमा भइरहेका विकृतिजन्य कृयाकलापप्रति महासंघको गम्भिर ध्यानाकर्षण रहेको र विकृति रोक्न महासंघ तदारुकताका साथ लाग्ने बताए ।