दिल्ली स्थित नेपाली राजदुतावासमा प्रधानमन्त्रीसँग प्रवासी नेपालीहरुको भेट्घाट कार्यक्रम सम्पन्न

बाबु रोका मगर
दिल्ली । नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलिको तीन दिने भ्रमण को क्रममा आज दिल्ली स्थित नेपाली राजदुतावासमा आगमन भएको छ।
भारत स्थित नेपाली राजदुतावास ले आयोजना गरेको एक समारोहमा प्रधानमन्त्रीको उपस्थिति को पर्खाइमा बसेका प्रवासी नेपालीहरु मन्त्री ज्युको भाषण सुन्न आतुर देखिएका थिए सबैको अनुहारमा एक किसिमको उत्साह देखिएको थियो। राजदुतावास परिसर भित्रै खुल्ला स्थानमा मन्च बनाइएको थियो बेलुकी को करिब साढे पाँच बजे प्रधानमन्त्री को प्रवेश राजदुतावास को मन्चमा भयो । 
अघिपछी शुरक्षा गार्ड सहित आउनु भएका मन्त्रीलाई राजदुतावास का कर्मचारीहरु र प्रवासी नेपालीहरुका बिशिस्ट ब्याक्तिहरु द्दारा स्वागत सम्मान गर्दै नेपाली राष्ट्रिय गित पछि तुरुन्तै प्रधानमन्त्री लाइ प्रवासी नेपालीहरुका लागि संबोधन गर्न निम्ताइएको थियो सम्बोधन गर्ने क्रममा अचानक मौसम परिवर्तन भइ हावाहुरी अनि पानीको थोपा बर्षिन थालेपछि केवल चार मिनेट सम्बोधन गरेर राजदुतावास गृहमा जानुभयो । त्यहाँ उपस्थित प्रवासी नेपालीहरुको बिचार सुन्न पनि मौसमले साथ नदिएपछी प्रवासी नेपालीहरुको मन दुखी बनाएको छ ।
जो पनि प्रधानमन्त्री बन्छ पहिलो भ्रमण भारत बाट नै शुरु हुन्छ मन्त्री ज्युहरुको भ्रमण गर्दागर्दै राजिनामा दिने समय आउँछ अनि फेरि नेपाली जनताले अर्को प्रधानमन्त्री भएको देख्न पाउँछन् ।  
भारतमा नेपालीहरुको अबस्था अत्यन्तै दयनिय छ नेपालीहरुको समस्या प्रती नेपाल सरकार र नेताहरुको ध्यानाकर्षण गराउन भारत स्थित नेपालीहरुका चारवटा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का अध्यक्ष दुर्गा बहादुर केसि, अखिल भारत नेपाली एकता मन्च का अध्यक्ष इश्वरी भन्डारी, प्रवासी नेपाली संघ भारत का अध्यक्ष लोकनाथ भन्डारि र नेपाली जन सम्पर्क समिती भारत का अध्यक्ष बाल कृष्ण पान्डे ले हस्ताक्षर गरेर प्रधानमन्त्री ज्यु लाई मुस्किलले ज्ञापन पत्र बुझाउन सफल हुने भएको छ ।
प्रधानमन्त्री को साथसाथै आजको दिन मुख्य आकर्षक नेपाली सिने जगतका महानायक राजेश हमालको उपस्थितिले केही रौनक ल्याएको थियो । मन्त्री ज्युले मन्च छोडेपछि सबैजना राजेश हमाल संग सेल्फी खिच्न तछाड्मछाड गर्दै हुनुहुन्थ्यो साथमा ऋषि धमलाले पनि आफ्नो चुरिफुरी देखाउदै हुनुहुन्थ्यो यसरी नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री ज्युको भारत भ्रमण सुरुवात भएको छ ।