दिपक भुसाल
काठमाडौं । काठमाडौंमा सस्तो र गुणस्तरिय खान, रोटी नान खुवाएर सम्पूर्णको मनमा बस्न सफल लुम्बिनी तन्दुरी ब्यवसायी संघको नयाँ नेतृत्व चहिन गर्दै चौथों अधिबेस सम्पन्न भएको छ ।
काठमाडौं नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा सम्पन्न अधिबेसनको प्रमुख अतिथि होटेल व्यावसायिक महासघ अध्यक्ष अमृत भुजेल विषेश अतिथि लायनस क्लव अफ लुम्बिनी काठमाडौं अध्यक्ष पशुपति भुसाल, अतिथिहरु मेघा बैकका कम्पनि सचिव तुल्सि राम प्रोखरेल, पाणिनी वचत सहकारीका अध्यक्ष तारापती प्रोखरेल, पवित्र लुम्बिनी बचत सहकारिका अध्यक्ष गान्धि प्रोखरेल ग्रामीण हातेमालो कुषि सहकारीका अध्यक्ष काशि राम प्रोखरेल ,अनाज कुषि सहकारीका उपाध्यक्ष ओम प्रकाश पोखरेल ,बानेश्वर व्यापार व्यावसायी संघ का अध्यक्ष हेम क्षेत्रि ,युवा उधमि एवम् समाजसेवी पोम नारायण अधिकारी , संस्था का पुर्व अध्यक्ष खगेन्द्र राज पोखरेल रहनु भएको थियो ।
कार्यक्रमलाई प्रमुख अथितिले पानसमा बत्ति बालेर उघाटन गर्नु भएको थियो । भने सन्चालन कपिल पोखरेलले गनुभएको थियो । कार्यक्रममा कौसिला पोखरेलले मिठो गित मार्फ़त सम्पुर्णलाई स्वागत गर्नु भएको थियो ।
अधिबेसनले सर्वसम्मत रुपमा हरि प्रसाद घिमिरेको अध्यक्षतामा सात (७)सदसिय नयाँ समिति पनि चयन गरेको छ जस्को अध्यक्षमा हरि प्रसाद घिमिरे उपाध्यक्ष राम प्रसाद पोखरेल सचिव अर्जुन पोखरेल कोषाध्यक्ष रुद्र प्रसाद पोखरेल सदस्यहरु सुरज पोखरेल गोविन्द पराजुली भक्तिराम पोखरेल रहनु भएको छ ।
साथै चौथों अधिबेसन ले तिन(३) सदस्यिय लेखा समिति पनि चहेन गरेको जस्को संयोजक नवराज पोखरेल सदस्य गेकुल पोखरेल सुदन गैरे रहनु भएको छ।
कार्यक्रम बोल्ने बक्ताहरुले अहिले सम्म जुन हिसाबले संस्था सफल भएको आजै सफलता मिलोस् र संस्था काठमाडौंमा लुम्बिनी तन्दुरि सन्चालितहरुको हितमा काम गर्न सको भन्दै शुभकामना दिनु भएको थियो । साथै नव निर्वाचित समितीलाई निर्वाचन समितिका संयोजक यदुनाथ पोखरेलले सफत खुवाउनु भएको थियो ।
कार्यक्रममा लुम्बिनी तन्दुरि व्यवसाय गर्न व्यापारीहरु सबैको राम्रो उपस्थिति रहेको थियो ।