नुवाकोटको बेलकोटगढीका क्यान्सर पीडित युवालाई उपचारका लागि सहयोग गर्न परिवारको अपिल

दीपक भुसाल 
काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राटाटारका आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडित एक युवालाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । 
बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राटाटारका गोरख बहादुर दर्लामीका नाती तथा च्यान्टे बहादुर दर्लामीका २० वर्षय छोरा बाबुराम दर्लामी मगरको  उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् ।
बाबुरामको भरतपुर क्यान्सर अस्पतालमा गत चैत्र ४ गते देखि उपचार हुँदैछ । उनको आर्थिक अवस्थाले गर्दा आगामी उपचार गर्न संकट भएको छ । उनलाई कसैले सहयोग गर्न चाहेमा कृषि बिकास बैंकको खाता नम्बर ०११६५०१०७३१६००१६ वा सिब बहादुर दर्लामीको 9821651533708 / 19814164580 मा संपर्क गर्न सकिने छ । 

अन्य समाचारहरु