नेपाली एकता समाज कतारको पाचौं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

टेकराज थापा 

कतार, (अर्घाखाँची डट्कम) कतार नेपाली एकता समाजको पाचौं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।


समाजको २० जुलाईमा बसेको मुल आयोजक समितीको बैठकले सम्मेलन को तयारी अन्तिम चरण मा पुगेको जानकारी गराएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री चित्र बहादुर केसी समाजको पाचौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न कतार आउने भएका हुन । मुस्लिम धर्मावलम्बीहरुको इध–अल–अधाका दिन समाजको सोही पाचौं राष्ट्रिय सम्मेलनमा आउने खबरले कतारमा कार्यरत शुभेच्छुकहरु हर्षित भएका छन ।

केसीलाई कतार ल्याउन भिसा प्रक्रिया पुरा भइसकेको र कार्यक्रम हल बुकिङ तथा सम्पुर्ण कार्यहरु पुरा भएको समाजका अध्यक्ष लुमाकान्त पुनले बताए । समाजले गत १३ जुलाई २०१८ का दिन एक प्रेस विज्ञप्ती मार्फत जारी गर्दै सम्मेलन सफल पार्न कतारमा कार्यरत नेपाली जनसमुदायहरुमा अपिल गरेको थियो ।

सम्मेलन सफल पार्नका लागि विगतका दिनहरुमा जस्तै आर्थिक, नैतिक, भौतिक सहयोगका लागि सम्पूर्ण बैचारिक संगठन , व्यवसायी, समाजसेवी, बुद्धिजीवी लगायत शुभेच्छुकहरुमा प्रेस विज्ञप्ती मार्फत् हार्दिक अपिल गरेको छ ।