अमेरिकामा एक नेपाली महिलामाथी होलि प्रहार

काठमाडौँ (अर्घाखाँची डट्कम) अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ । ग्यास स्टेसनमा काम गरिरहेकी बेला रचना श्रेष्ठमाथि सोमबार दिउँसो सवा १२ बजे गोली प्रहार भएको हो ।

स्थानीय प्रहरीका अनुसार, गोली प्रहार गरिएको बेला उनी भूईं पुछिरहेकी थिइन् । उनलाई पछाडिबाट गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट बेहोस भएकी उनलाई लगत्तै हेलिकोप्टरबाट टल्सा सहरको अस्पताल पु-याइएको थियो ।

उनको शरीरमा लागेको केही गोली निकालिएको छ भने केही निकाल्न बाँकी छ । उनी होसमा आइसकेको बताइएको छ । उनी श्रीमान र छोराको साथमा बस्दै आएकी थिइन् ।

प्रहरीले गोली प्रहार गर्ने अभियुक्तलाई पक्राउ गरिसकेको छ । अमेरिकामा पछिल्ला दिनमा गोली प्रहारका घटना सामान्य बन्दै आएको छ । यसको मारमा नेपालीहरु पनि प्रशस्तै परेका छन् । केही दिनअघि भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको थियो । राजधानी दैनिकमा खबर छ